ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट धुलोसहितको वायु नेपाल आयो, भोलि फेरि देशभर तुवाँलो बढ्ने


एबीसी / संवाददाता
चैत्र १८, २०७७ बुधबार  ९ : ०८ बजे

काठमाडौं, १८  चैत्र । आजबाट नेपालको वायुमण्डलमा आज केही सुधार हुदै जाने भएको छ । यसले गर्दा काठमाडौं उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसमविद्ले जनाएका छन् । भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । ‘आज केही सुधार देखिएको छ तर, भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको छ’, मौसमविद् श्रेष्ठले भन्नुभयो ‘यसको असर पश्चिमी र पूर्वी क्षेत्रमा देखिन थालिसकेको छ । भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको छ ।’ मौसमविद् श्रेष्ठले अहिले पूर्वमा इलाम र रौतहटसम्म नै तुवाँलो बढेको बताउनु भएको छ । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने भएको हो । उहाँका अनुसार भोलि फेरि वायुमण्डल स्थिर रहने अनुमान छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना छैन । तीन दिनपछि भने केही सुधार हुन सक्ने अनुमान गरिए पनि ढुक्क हुने अवस्था भने नरहने उहाँको भनाइ छ । ‘तुवाँलो हट्दैन भन्ने त होइन, तर यो हट्न समय भने लाग्छ’, उहाँले भन्नुभयो, ‘केही दिन पछि पश्चिमी वायुको प्रभाव नेपालमा पर्ने सम्भावना देखिन्छ । पश्चिमी वायुको प्रभाव परेपछि मौसममा सुधार आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com