ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागु पर्वमा काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा : २ सय २३ वटा गाडी होल्ड


एबीसी / संवाददाता

काठमाडौं, १५ चैत्र ।  फागु पर्वलाई व्यवस्थित बनाउन काठमाण्डौ उपत्यकाका मुख्यमुख्य चोकमा प्रहरी खटिएका छन् । कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइबुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार फागुलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई सम्झाउने काम पनि भइरहेको छ ।

यस्तै, काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले २२३ वटा गाडी होल्ड गरेको छ । सडक अनुशासन पालना नगर्ने र हेलमेट नलगाउनेहरुलाई कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मोटरसाइकल र स्कुटरमा दुई जनाभन्दा धेरै चढेका, हेलमेट नलगाएका र जथाभाबी हर्न बजाउनेहरुको गाडी होल्डमा राखिएको छ । होल्डमा रहेका गाडीलाई भरे बेलुका मात्रै छोडिने महाशाखाले जनाएको छ ।

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ लगाएर फागु पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने परम्परा छ । केही वर्षयता फागु पर्व व्यवस्थित बन्न थालेको छ ।इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । यस्तै, पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम उच्च रहेको सरकारले घरका परिवारसँगमात्रै फागु पर्वलाई सीमित राख्न आग्रह गरेको छ । यस्तै रंगले स्वास्थ्यमा हानी गर्ने भएकाले प्राकृतिक रंगको मात्रै प्रयोग गर्न र स्वस्थकर खानेकुरा मात्र खान पनि आग्रह गरिएको छ । फागुको अवसरमा आज काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिइएको छ । तराईका जिल्लामा भने भोलि फागु पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com