ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकामा वितरण गरिँदै


एबीसी / संवाददाता
चैत्र १५, २०७७ आईतबार  ८ : ०१ बजे

काठमाडौं, १५ चैत्र । लामो समयदेखि प्रतिक्षा गरिएको मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकामा वितरण हुँदैछ । गएको फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी अस्ति शुक्रवारदेखि विभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।पानी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको पुरानै प्रणालीबाट वितरण गरिने छ । केयूकएलका अनुसार परीक्षणकाल भएकाले आज उपत्यकामा ४ करोड लिटर पानी मात्रै वितरण गर्ने तयारी छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तकाअनुसार उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न झण्डै एक हप्ता लाग्नेछ ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले आज वितरण हुने पानी पाइपको परीक्षणका लागि मात्र भएकाले पिउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पानी पिउन मिल्छ ।

गएको फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो । मेलम्ची खानेपानी उपआयोजना(२ आयोजना निर्देशनालयले उपत्यकामा एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ ।

थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किलोमिटर सम्पन्न भइसकेको छ । पानी वितरणका लागि उपत्यकामा १० वटा वितरण केन्द्र ९ट्याङ्की०मध्ये एउटा भक्तपुर कटुञ्जेको ट्याङ्कीबाहेक नौवटा सम्पन्न भइसकेका छन् । पानीको मुहान मेलम्ची खोलामा ‘हेडबक्स’ निर्माण भइरहेको छ । अस्थायी विकल्प प्रयोग गरी पानी पथान्तरण गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पानी प्रशोधन केन्द्र, पाइपलाइन, वितरण केन्द्र ९ट्याङ्की० परीक्षणका लागि पानी वितरण गरिएको बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ ।

दोस्रो चरणमा लार्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भित्रिएपछि दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । याङ्ग्री र लार्के खोलाको पानी थप नौ किलोमिटर सुरुङ निर्माण गरी मेलम्चीको सुरुङ मार्गमा मिसाइने छ ।

२६ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो दोस्रो आयोजना सम्पन्न गर्न तीन वर्ष लाग्ने छ तर अहिलेसम्म स्रोत सुनिश्चित हुन सकेको छैन । काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि २०२८ सालदेखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकामा २०४० सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्ष निकाली प्रक्रिया अगाडि बढाइएको थियो । तर, विभिन्न कारणका कारण बल्ल अहिले मेलम्चीको पानी उपत्यकामा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com