ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोका कारण सिरहाको जनजीवन प्रभावित


admin

सिरहा, ३ पौष । सिरहामा पछिल्लो केही दिनदेखि बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने हुस्सु लागेकाले सडकमा सवारी साधनहरु बत्ती बालेर चलिरहेका छन् ।
जाडोका कारण सिरहाको मिर्चैया, गोलबजार, लहान र सिरहा सदरमुकाम लगायतका व्यापारिक ठाउँहरुमा चहलपहल कम भएको छ । स्थानीय हाट बजारमा मानिसहरुको चलपहल कम हुँदा अन्य सामानको व्यापार घटे पनि जाडोको लुगाको व्यापार भने बढेको देखिन्छ । जाडोका कारणले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन ।
शुक्रबार बिहानदेखि नै राम्ररी घाम नलाग्दा चिसो बढेको हो । चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढि प्रभावित भएका छन् । चिसोकै कारण अस्पतालमा अहिले दैनिक ३५ देखि ४० जना रुघाखोकी, भाइरल ज्वरो, श्वासप्रश्वास, हाडजोर्नी, निमोनिया, कुल डायरियाका बिरामी उपचारको लागि आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. चुमन लाल दासले बताए ।
उनले जाडोबाट बच्न तातो झोलिलो खानेकुरा बढि मात्रामा खानुपर्ने, न्यानो कपडा लगाउनु पर्ने र घरभित्रै बस्नु पर्ने र कुनै समस्या भए अस्पतालमा गएर उपचार गराउन सुझाव दिएका छन् । त्यस्तै जिल्लाभर चिसो बढे पनि स्थानीय विद्यालयहरु खुलिरहेका छन् ।
जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कारण बालबालिकाको पठनपाठन निरन्तर हुन नसकेकाले चिसोका कारण तत्कालै विद्यालय बन्द नगराइने तर जोखिमपूर्ण अवस्था आए जिल्ला शिक्षा समितिको बैठक बसेर निर्णय गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com