ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा तीन लाख ४० हजारले लगाए कोरोना विरुद्धको खोप


एबीसी / संवाददाता
फाल्गुन ८, २०७७ शनिबार  ७ : ४२ बजे

काठमाडौं, ८ फागुन ।  कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ ।

गएको आइतवारदेखि सुरु भएको यो अभियानमा पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइएको छ ।

यसअघि माघ २४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसङ्घको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो । भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा खोप अभियान सुरु भएको हो ।

अहिलेसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आउँदो २३ गतेदेखि दोस्रो अभियान सञ्चालन गर्ने भएको छ । दोस्रो अभियानमा ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

उमेर समूह निर्धारण गरेर त्यसैअनुसार समुदायस्तरमा खोप लगाइने खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिनुभयो । खोप लगाएकै कारण कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या नभएकाले ढुक्क भएर खोप लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com