ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले लोकतन्त्रको बाटो नबिराउने, संविधान नमिच्ने र मिच्न नदिन – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
फाल्गुन ७, २०७७ शुक्रबार  १२ : ०९ बजे

काठमाडौँ, ७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले संविधान कहिल्यै नमिच्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा टु“डिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू कठिन संघर्ष गरेर बनाएको संविधान नमिच्ने दाबी गर्नुभएको हो । अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने, संविधान नमिच्ने र मिच्न नदिने बताउनुभयो । त्यस्तै जनताको अभिमत भन्दा बाहिर नजाने र जान नदिने दाबी गर्नुभयो । उहाले सुशासन कायम गर्न र अपराध नियन्त्रण गर्न प्रतिबद्ध रहेको दाबी गर्नुभयो । राष्ट्रलाई एकतावद्ध बनेर अघि बढ्ने काममा सरकार दृढ रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले अब कुनै प्रकारको अलमलमा नपरी विगतका बलिदान सम्झेर गौरवपूर्ण रुपमा प्राप्त उपलब्धि रक्षा गर्न अघि बढ्नुपर्ने दिन आएको बताउनुभयो । उहाले संघर्षमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभयो ।

विकास र जनताको आकांक्षा पूरा गर्नेतर्फ सरकार अघि बढेको प्रधामन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले सन् २०३० भित्र दिगो विकासमा पुग्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com