ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भागरथीको हत्या गरेको आरोप लागेका किशोरलाई प्रहरीले गर्र्यो सार्वजनिक : प्रहरी समक्ष यस्तो छ बयान


एबीसी / संवाददाता
फाल्गुन ५, २०७७ बुधबार  ४ : ३४ बजे

काठमाडौं, ५ फागुन ।  बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोप लागेका किशोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदीले अभियुक्त किशोरले भागरथीलाई योजनाबद्ध रुपमा मारेको बताउनुभयो । प्रहरीकाअनुसार ती किशोर भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

डीआइजी सुवेदीकाअनुसार माघ २१ गते दिउँसो पौने २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। त्यसपछि साथीहरुलाई स्थानीय बजारमा छोडेर उनी एक्लै घरतर्फ गएर भागरथीलाई बाटोमा पर्खेर बसेका थिए।
‘मृतक भागरथी पढ्ने गरेको विद्यालयमा पढ्ने ११ कक्षाका अभियुक्तले अन्तिम कक्षा नपढी अर्थात् पौने २ बजे विद्यालयबाट आफ्नो घर जानको लागि अन्य साथीहरुसँग बजारतर्फ गएको भन्ने खुलेको छ,’ (डीआइजी) उत्तमराज सुवेदी भन्नुभयो ,‘निजले शाथीहरुलाई बजारमै छोडेर आफू एक्लै चडेपानीतर्फ हिँडेका थिए।’
त्यसपछि भागरथीसँग शिला गाउँमा भेट भएको तर ती किशोर अगाडि गएको प्रहरीले जनाएको छ। ‘अभियुक्त र भागरथिको शिला गाउँमा भेट भयो तर अभियुक्त भागरथीभन्दा अगाडि गएर मृतकलाई मार्ने उद्देश्यले घटनास्थलमाथि रहेको रोडमा कुरी बसेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भन्नुभयो ।

कुरेर बसेको स्थानमा भागिरथी पुगेपछि ती किशोरले उनलाई सडकबाट तल धकेलेपछि जबरजस्ती घटनास्थल लगेको प्रहरीले जनाएको छ। ‘जबरजस्ती घटनास्थल लगी दुबै हातले घाँटी अँठ्याएर हत्या गरेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भन्नुभयो ।

त्यसपछि ती किशोरले बलत्कारको प्रयास गरेको तर बयानमा बलात्कार नगरेको बताएको प्रहरीको भनाई छ। ‘पाइन्ट घुँडासम्म निकाली करणी गर्न खोजेको तर त्यत्तिकै छोडेको भन्ने प्रारम्भिक बयान अभियुक्तले दिएको छ,’ डीआइजी सुवेदीले भने,‘तर, त्यसमा अनुसन्धान जारी छ। त्यसपछि अभियुक्तले भागरथीसँग रहेको मोबाइलको ब्याट्री झिकेर घटनास्थलमा फालेर घरतर्फ गएको।’ प्रहरीले कर्तव्य ज्यान र बलात्कार सम्बन्धि कसुरको आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। ‘हामीले घटनाको अनुसन्धान सुरु गरेका छौं,’ डीआइजी सुवेदीले भन्नुभयो ,‘यसमा कर्तव्य ज्यान र बलात्कार सम्बन्धि कसुरको आधारमा मुद्दाको अनुसन्धान अगाडि बढेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com