ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा फुटेको छैन, केही स्वार्थी व्यक्ति चोइटिएका हुन् – अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता
फाल्गुन १, २०७७ शनिबार  ५ : २७ बजे

बुटवल, १ फागुन । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा पार्टी नफुटेको तर केही स्वार्थी व्यक्ति मात्रै चोइटिएको बताउनुभयो । बुटवलमा ओली पक्षले शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले नेपाली जनता नेकपाको पक्षमा रहेको र उनीहरुले पार्टी फुट्न नदिने दाबी गर्नुभयो । ‘नेकपा पार्टी फुटेको छैन । केही स्वार्थी, लोभी र विभाजनकारी तत्व मात्रै चोइटिएका हुन्,’ उहाँले भन्नुभयो ,‘नेपाली जनताले नेकपालाई फुट्न दिदैनन् ।’
महासचिव पौडेलले पुष्पकमल दाहाल प्रचण्ड कसैले कुरा बताएर कुरा बुझ्ने व्यक्ति भएको बताउँदै अवस्थाले समेत बुझाउन नसक्दा उहाँसँगै केही व्यक्ति सडकमा गएको बताउनुभयो । ‘प्रचण्ड कमरेड केपी ओलीलाई कसरी प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भन्ने ध्याउन्न मात्रै हुनुहुन्छ । त्यसैले जनताले साथ दिएका छैनन् । केही अलमलिएका मात्रै छन्,’ उहाँले भन्नुभयो । आफ्नो पद र प्रतिष्ठाका लागि मात्रै पार्टी छोडेर सडकमा गएका नेतालाई जनताले साथ नदिने महासचिव पौडेलले बताउनुभयो । खास विचार र व्यवस्था परिवर्तनका लागि विरोध र आन्दोलन हुनुपर्ने र पार्टी विभाजित हुने बताउँदै उहाले अहिले त्यस्तो नदेखिएकाले पार्टी नफुट्ने बताउनुभयो । ‘नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छैन । विभाजित हुने पनि छैन । जरुर केही स्वार्थी तत्व आन्दोलनबाट किनारा लाग्नेछन् ।

अहिले त्यही भएको छ,’ उहाले भन्नुभयो । महासचिव पौडेलले निर्वाचन आयोगले पार्टी फुटेको भन्न नमिल्ने अभिव्यक्ति दिएकाले पनि पार्टी नफुट्ने र मिलेर चुनावमा जाने दाबी गर्नुभयो । यस्तोमा अलमलमा परेका नेता कार्यकर्ता पनि आफ्नै ठाउँमा फर्कन उनले आग्रह गर्नुभयो ‘जो जो अन्योल र अलमलमा हुनुहुन्छ उहाँ पनि यतै आउनुहुनेछ । जसले कम्युनिष्ट पार्टीको माध्यमबाट देश र समाज बदल्न चाहनुहुन्छ । मेची महाकालीका साथीहरु तपाईंहरु आउनुस् । संगै काम गरौं ।’ महासचिव पौडेलले जनता केपी ओलीको पक्षमा रहेको र अबपनि केपी ओलीकै नेतृत्वमा चुनाव हुने र सरकार बन्ने दाबी गर्नुयभो । ‘जतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, भुकम्पले थिलोथिलो भएका बेला नाकाबन्दीको सामना गर्नुपरेको थियो । त्यसबेला पनि जनताले साथ दिएका थिए ।

अहिले पनि दिनेछन्,’ उहाँले भन्नुभयो ,‘अबपनि एकपटक ओलीको नेतृत्व आवश्यक पर्यो । तपाईं हामी जुटेर सहयोग गरौं ।’ नेता पौडेलले कोही मान्छेले भ्रम छर्न चुनाव हुन्न भनेपनि आउँदो वैशाख १७ र २७ गते दुवै चुनाव भइछाड्ने र केपी नेतृत्वको सरकारलाई कसैले छेक्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com