ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इँट्टा उद्योगका कारण पकेट क्षेत्रका तरकारी नोक्सान


admin
असार २५, २०७४ आईतबार  ४ : ०४ बजे

मलेखु धादिङ, २५ असार । तरकारी उत्पादन पकेट क्षेत्रकोरुपमा रहेको दक्षिणपूर्वी धादिङको थाक्रे गाउँपालिका र धुनीबँेसी नगरपालिका क्षेत्रमा इँट्टा उद्योगका कारण तरकारीे उत्पादनमा कमी हुँदा कृषक समस्यामा परेका छन् ।
तत्कालका लागि फाइदा पुगेपनि नियमित रुपमा इँट्ट उत्पादन हुँदा तरकारी तथा अन्य खाद्यान्नबालीका उत्पादनमा समेत कमी आएको सो क्षेत्रका किसानले बताएका छन् ।

तरकारी पकेट क्षेत्रमा रहेको इँट्टा उद्योगका कारण वातावरणमा असर पार्नुका साथै बालीनाली समेत प्रभावित भएको उनीहरुको गुनासो छ ।

धुनीबँेसी नगरपालिकामा १८७ दशमलब पाँच हेक्टर, थाक्रे गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफल जमिन इँट्टा उत्पादनका लगि प्रयोग भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका प्रमुख केशव देवकोटाका अनुसार धुनीबेँसी नगरपाकिामा ९३० हेक्टर र थाक्रे गाउँपालिकामा ६८५ हेक्टरमा वार्षिक १८ हजार ३५५ मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको थियो तर इँट्टाका कारण बिस्तारै उर्वराशक्तिमा ह्रास हुँदै जान थालेको छ ।

इँट्टा उद्योगले पारेको असरबारे कृषिमा आश्रित धुनीबँेसी र थाक्रेका पाँच हजार कृषकको अवस्था बुझ्न कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुखले स्थलगत भ्रमण गरी तरकारी पकेट क्षेत्रका कृषकसंग छलफल गरेका छन् ।
सरदर प्रतिमेट्रिक टन रु ३५ हजार मात्र आम्दानी हुने हिसाबले रु ९ करोड ९० लाख ३२ हजार ८५० प्रत्यक्ष नोक्सान हुने देखिन्छ । जग्गाधनीले जग्गा भाडामा लिइ माटो बेचर सरदर प्रति हेक्टर रु एक लाख ३० हजार वार्षिक भाडा दरले रु २२ करोड ९० लाख ५५ हजार रकम लिँदै आएका छन् यसरी इँट्टा भट्टालाई जग्गा भाडामा दिँदा पनि कृषकले करिव रु सात करोड वार्षिक रुपमा नोक्सान व्योहोर्दै आएको अनुमान छ ।
किसानले जग्गा भाडामा दिनुका साथै उत्पादनशील माटो समेत बेचेका छन् । माटो बेचेका मात्र होइनन उर्भरभूमिलाई मरुभूमि समेत बनाउँदैछन् । इँट्टा उद्योगबाट निस्किएको धुवाँ, धुलो र ध्वनी प्रदूषणले पर्यावरणमा परेको क्षति रुपैयाँमा तुलना गर्न सकिदैँन । इँट्टा पोल्दा निस्किएको धुवाँ र धुलो घाँसमा टाँसिएको हुन्छ । गाईभँैसीलाई त्यही घाँस खुवाइन्छ । उडेर आएको धुवाँको मुस्लो तरकारीमा खस्छ पखालेर पनि जादैन । धोएर सुकाएको कपडा कालो हुन्छ । यो समस्याले कृषक मारमा परिरहेको प्रत्यक्ष देख्न सकिने भएकाले तरकारी पकेट क्षेत्रलाई तरकारी पकेट क्षेत्रकै रुपमा विकास गर्न खाद्य अधिकारका लागि क्रियाशील फियान नेपालका जिल्ला संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।

जग्गा भाडाँमा दिएर खान नपुग्ने तरकारीखेती गरेर घरखर्च चलाएको किसानको गुनासो छ । इँट्टा उद्योग सञ्चालनसँगै स्थानीयवासीलाई मानसिक तनाव बढाएको छ । जुन तनाव पनि रुपैयामा तुलना गर्न सकिदैन । जग्गा भाडामा दिनुभएका शालिकराम कोइराला उद्योगले पु¥याएको नोक्सानी देखेर आफैलाई दिक्क लागेको गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com