ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीका कारण लामो समय बन्द रहेका स्याङ्जाका ४९ वटै होमस्टे सञ्चालनमा ( भिडियोसहित)


सालिकराम पोख्रेल
फाल्गुन १, २०७७ शनिबार  ९ : ४४ बजे

काठमाडौ, १ फागुन ।  कोरोना महामारीका कारण बन्द रहेका स्याङ्जाका होमस्टेहरु करिब एक वर्षपछि सञ्चालनमा आएका छन् । संक्रमणको दरमा विस्तारै कमी आउ“दै जान थालेपछि स्याङ्जाका ४९ वटा होमस्टे एकसाथ सञ्चालनमा आएका हुन् ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र डिडिआसी स्याङ्जाको आयोजनामा नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुवारी होमस्टेबाट जिल्लाभरका होमस्टे शुरु भएको सन्देश दिइएको छ । त्यस अबसरमा आँधिखोला गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लोकप्रसाद ढकालले कोरोना महामारीका कारण वन्द रहेका स्याङ्जा ४९ वटै होमस्टे एकैसाथ संचालनमा ल्याइएको घोषणा गर्नुभएको थियो ।

जिल्लाभरका होमस्टे संचालनमा आएसंगै नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुवारीमा रहेको सिरुवारी होमस्टे पनि संचालनमा आएको छ । सिरुवारी होमस्टेमा पाहुनाहरु गाउँमा आउँदा स्थानीय आमासमुह र युवाक्लवबाट गाउँ नजीकैको बाटोदेखि नै पन्चेबाजा, फूलमाला र स्वागत सत्कार गरिएको थियो । सिरुवारी होमस्टेमा घरघरमा पाहुना वाडफाड गरि वसाउने गरिन्छ । यो होमस्टेमा गुरुङ समुदायको संस्कृती झल्कने भेषभुषा र रहनसहन तथा खानपानमा पाहुनाले मनोरन्जन लिन सक्नेछन् । सिरुवारी होमस्टेले गुरुङ संस्कारलाई पर्यटनसंग जोडन खोजीएको सिरुवारी होमस्टेका संयोजक जुम बहादुर गुरुङले वताउनु भयो ।

२०५४ सालमा नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुवारीमा होमस्टे संचालनमा आएको हो । १ हजार ६१० मिटर उचाइमा रहेको यो होमस्टे स्थापनाकालमा ४३ घरवाट संचालन गरिए पनि अहिले २३ घरमा सीमित छ । होमस्टेमा एकरातमा ६० जनासम्म पाहुन राख्न सक्ने गरि ब्यवस्थापन गरिएको छ । महामारीका कम भएका कारण होमस्टे खोल्न लागिएको वताउदै आमासमुह र युवाक्लव सवै मिलेर अझ राम्रो गरि संचालनमा ल्याउने तयारी गरिएकोसंचालकको भनाई छ ।
कोरोनाका कारण संचालनमा नआउँदा घाटामा रहेका होमस्टे संचालनमा आएसंगै यहाका संचालकहरु खुसी भएका छन् । कोभिडका कारण ११ महिना देखी होमस्टेहरु वन्द हुदा संचालकहरु मारमा परेका थिए । होमस्टे संचालनमा नआउदा अन्य आय स्रोत नहुनेलाई घर ब्यवहार चलाउन गाह्रो भएको वताउदै र अब होमस्टे संचालनमा आएसंगै खुसी लागेको माया गुरुङको भनाइ छ ।

कोरोना महामारीले ठप्प भएको पर्यटन ब्यवसाय विस्तारै उठन थालेको छ । स्याङ्जामा संचालन भएका होमस्टेहरुमा विविधता छ । यहाका होमस्टेहरुमा आत्मीयता र सरसफाई, कृषी, प्याराग्लाइडीङ, क्यानोनीङ र स्टीमर लगायतका विविधतासँग जोडेर संचालनमा ल्याइएको होमस्टे संघ स्याङजाका अध्यक्ष मोहन खनालको भनाइ छ ।

स्याङ्जामा अधिकांश होमस्टे गुरुङ र मगर समुदायबाट संचालित छन् । स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको पहलमा शुरु गरिएको होमस्टे अहिले देशभरका घरवास कार्यक्रमको अभिभावक वन्न पुगेको छ । नेपालका ग्रामीण भेगमा संचालनमा आएका यस्ता होमस्टेहरुले ग्रामीण क्षेत्रको वसाइसराइ केही हदसम्म कम हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com