ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामकुमारी झाँक्रीलाई पक्राउ प्रकरण : सरकारले फासीवादी तरिका अपनाउन खोजेको आरोप (पक्राउ पछि कुन नेता के भने)


एबीसी / संवाददाता

काठमाडौ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभयो । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताउनुभयो । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भन्नुभयो । आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताउनुभयो । यसबारेमा आफूले निर्णय गर्ने पनि उहाले जानकारी दिनुभयो । राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ ।

यसैवीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षलेले समेत एक विज्ञप्ती जारी गर्दै पक्राउको विरोध गरेको छ ।

यसैवीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको आधारमा राज्यविरुद्धको कसुरमा झाँक्रीलाई पक्राउ गरेपछि त्यसको विरोध गर्दै पौडेलले ट्वीटरमा लेख्नुभएको छ ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको छ।’ पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भर्त्सना गर्दै बिनाशर्त रिहाइको माग समेत गर्नुभएको छ ।

यसैवीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले राष्ट्रपति विद्या भण्डारीका बारेमा बोल्न पाइने बताउनुभयो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सहायक भएर काम गर्न खोजेको भन्दै घिमिरेले उहाका बारेमा टिप्पणी गर्न पाइने बताउनु भएको हो । पहिलो राष्ट्रपतिको बारेमा पनि सार्वजनिक टिप्पणी भएको नेता घिमिरेले बताउनुभयो । नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उहाले अदालतलाई बालुवाटार मातहत राख्न खोजिएको टिप्पणी गर्नुभयो । घिमिरेले प्रधानमन्त्रीको गल्ती अदालतले सच्याउनुपर्ने पनि बताउनुभयो । ‘हाम्रो अन्तिम आश गर्ने ठाउँ अदालत हो’ उनले भने, ‘अदालतलाई पर्खिरहेका छौं ।’

यसैवीच नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले फासीवादी तरिका अपनाउन खोजेको सन्देश दिएको बताउनुभयो । रामकुमारी झाँक्री नेता मात्रै नभएर विधायक समेत भएकाले उहाको पक्राउ लोकतन्त्रमाथिको धावा भएको पाण्डेले बताउनुभयो । ‘मानिसहरूको मुख बन्द गरेर शासन चलाउने फासीवादी तरिका सुरु भयो’ पाण्डेले भन्नुभयो , ‘रामकुमारी झाँक्री ल मेकर पनि हुनुहुन्छ । उहाँमाथि पक्राउ गरेर अब बाँकी कोही मानिस सुरक्षित छैन भन्ने सन्देश दिइएको छ ।’ संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले रामकुमारी पूर्वसांसद नभएको पाण्डेको तर्क छ । ‘कानुन निर्मातामाथिको धावा लोकतन्त्र माथिको प्रहार हो । कानुनी शासनको उल्लङ्घन हो’, उहाँले भन्नुभयो । सरकारले नागरिकको मुख बन्द गरेर शासन गर्ने पञ्चायती शैली अपनाइएको पाण्डेले बताउनु्भयो । ‘मुख बन्द गरेर, चुप लगाएर शासन गर्ने भन्ने कुरा पञ्चायत र राजतन्त्रले पनि नसकेर आफैँ समाप्त भएको इतिहास साक्षी छ । यो कदम जति निन्दा गरेपनि कम हुन्छ’, प्रचण्ड–माधव समूहका नेता पाण्डेले भन्नुभयो । नेकपाले अब सशक्त रूपमा यसको प्रतिवाद गर्ने पनि उहाँले बताउनुभयो ।

यसैवीच नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिनुभयो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उहाले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाउनुभयो । उहाँले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाले लेख्नु भएको छ , ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’

यसैवीच नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाउनभएको छ । राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्विटरमार्फत सरकारको विरोध गर्नुभएको छ । संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईको आरोप छ । भट्टराईले लेख्नु भएको छ । ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ , नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ? राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेत्री झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उहालाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।

लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भन्नु भएको थियो। प्रहरीले पक्राउ पुर्जी लगेपछि उहाले गिरफ्तारी दिनु भएको छ । झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

यता नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ । राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उहाँकै निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेको हो । किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com