ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज नेकपा प्रचण्ड- नेपाल समूहले पाँच ठाउबाट जुलुस निकाल्ने (यस्तो छ तयारी)


एबीसी / संवाददाता
माघ २८, २०७७ बुधबार  ७ : ३० बजे

 

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (बुधबार) काठमाडौंका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा नेताहरुलाई जिम्मेवारी तोकिएको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा हिजो दिउँसो काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको छ ।जसअनुसार पुल्चोकबाट बिहान ११ बजे निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्धन शर्मा बर्षामान पुन, सुरेन्द्र पाण्डेलगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।त्यस्तै माइतीघरबाट निस्किने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह गिरीराजमणि पोख्रेल, भीम आचार्य,मात्रिका यादव लगायतले गर्दै छन् । त्यसैगरी केशरमहलबाट निस्किने जुलसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायतले गर्दै छन् ।त्यस्तै जमलबाट निस्किने जुलसको नेतृत्व लिलामणि पौडेल, बिभिन्न केन्द्रीय सदस्य र पेशागत संगठनहरुले गर्ने प्रचण्ड नेपाल पक्षले जानकारी गराएको छ ।त्यस्तै पाँचै ठाउका जुलुस सुन्धारामा भेला भएर १२ बजे सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलिसडक, पद्मोदय मोड, प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डप सभास्थलमा प्रवेश गर्ने तालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com