ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भागरथी हत्या घटनामा छिट्टै सफलता मिल्ने गृहमन्त्रीको दावी


एबीसी / संवाददाता

काठमाडौं, २७ माघ ।   नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ ।  मंगलबार बिहान नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारीहरु पुल्चोकस्थित मन्त्री निवासमा पुगेर गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउनु भएको हो । गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन नेविसंघले ध्यानाकर्षण गराएको छ । विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा यस्ता घटनाले प्रश्रय पाएको नेविसंघको भनाइ छ ।

नेविसंघले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । नेविसंघ ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो । गृहमन्त्री थापाले भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने विश्वास दिलाएको उहाले बताउनुभयो ।

यस्तै नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाका अनुसार गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रुपले बैतडीमा केन्द्रित रहेकोले भन्दै करिब दोषीको नजिक पुगेका समेत बताउनुभयो । ध्यानाकर्षणका निम्ति धन्यवाद दिदै थापाले युवा विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताउनुभयो । यस्तै नेविसंघले अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता नदेखाए नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com