ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलेश्वर फलफूल बजारमा फोन–पे मा आधारित डिजिटल भुक्तानी कोड क्युआर प्रणाली सुरु


सपना थामी

काठमाडौं, १६ माघ ।  काठमाडौंको कुलेश्वर फलफूल बजारमा पनि फोन–पे मा आधारित डिजिटल भुक्तानी कोड क्युआर प्रणाली सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रोहबरमा नबिल बैंकले यो कार्यक्रम कुलेश्वरमा पनि उद्घाटन गरेको हो ।

क्युआर प्रणाली पश्चात् व्यवसायी र उपभोक्ताबीचको कारोबारमा सहजता आउने र समग्र करप्रणालीमै सुदृढिकरण आउने आशा राखिएको छ ।
सधैं नै व्यस्त रहने काठमाडौंको कुलेश्वर फलफूल बजारमा फोन–पे मा आधारित डिजिटल भुक्तानी कोड क्युआर प्रणाली सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल पसल नम्बर १२ मा उक्त प्रणालीको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा अधिकारीले स्वदेशको तरकारी तथा फलफूल बजारलाई पनि आधुनिक एवम् व्यवस्थापन बनाउदै लैजाने विषयलाई जोड दिनुभयो । निकै चहलपहल रहने कुलेश्वर फलफूल क्षेत्र जस्ता बजारहरुको अस्तव्यस्त पूर्वाधारको निर्माणतर्फ पनि सबैको आवश्यक ध्यान जानुपर्ने उहा“को भनाई छ ।

 

 

 

 

 

राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिरमा ३ लाख ७४ हजार भुक्तानी क्युआर कोडमार्फत भएको छ । यो संख्या गत कात्तिक महिनाभन्दा १ लाखले बढी छ भने गत मंसिरमा १ अर्ब २५ करोड रुपैंया बराबरको भुक्तानी यो प्रणालीमार्फत भएको केन्द्रीय बैंकको तथ्यांक छ । दैनिक करोडौं रुपैंयाको कारोबार हुने कुलेश्वर फलफूल बजारमा पनि फोन–पे मा आधारित क्युआर भुक्तानी सुरु भएसगै यसले बैंकिङ प्रणाली तथा बजारीकरणमा सहजता आउनेमा सरोकारवालाहरु ढुक्क छन् ।

त्यसो त, नेपाली फलफूल बजारमा भण्डारणको समस्या हुदा सोचेजस्तो प्रतिफल नमिलेको व्यवसायीहरुले गुनासो राख्दै आएका छन् । क्युआर कोड प्रणालीले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना महामारीको अवस्थामा पनि व्यवसायलाई चलायमान राख्न पनि सहयोग पु¥याएको छ । यी–यस्तै प्रविधिसगै फलफूल लगायत कृषि व्यवसायलाई अगाडी बढाउन सके स्वदेशी बजारमा आत्मनिर्भर बढ्न पनि टेवा पुग्ने व्यवसायीहरु बताउछन् । यो प्रणालीले राज्यको कर व्यवस्थापनमा पनि भूमिका खेल्न सक्छ ।

समयको माग बमोजिम नेपाली कृषि बजारमा आधुनिक प्रविधिको प्रयोग हुनु सकारात्मक हो । यस्ताखाले प्रक्रियाले बजारीकरणमा देखा परिरहेका समस्या व्यवस्थापनमा केही सहजता थप्ने काम पक्कै गर्छ । तरपनि, स्वदेशी कृषि क्षेत्र उकास्नका लागि भने राज्यले निर्माण गरेका नीति तथा कार्यक्रमहरुलाई प्रभावकारीरुपमा लागू गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com