ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती थप्यो : नेपाल


एबीसी / संवाददाता
माघ ५, २०७७ सोमबार  ९ : ०३ बजे

काठमाडौँ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षा गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध लड्ने आँट, साहस र हिम्मत अगाडि बढाउनुपर्ने बताउनुभयो । “अहिले अग्निपरीक्षा शुरु भएको छ, जो सङ्कटका बेला खुट्टा कमाउँछ, त्यसले मुलुक र जनताको हित गर्न सक्दैन”, उहाँले भन्नुभयो, “चुनौती सामान गर्न उच्च मनोबल र दृढ आत्मविश्वास हुनुपर्छ ।”

नेपालमा कम्युनिष्ट आन्दोलन जन्माउने, हुर्काउने र अगाडि बढाउनेमा महिलाको सशक्त भूमिका रहेको स्मरण गर्दै उहाँले जनताले प्राप्त गरेको अधिकार कुण्ठित हुँदा चुप लागेर बस्न नहुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान र पद्धति उल्लङ्घन गर्दा पार्टीभित्र समस्या देखिएको उहाँको भनाइ थियो । “प्रधानमन्त्रीले पार्टी विधान उल्लङ्घन गर्नुभयो, पार्टीले उहाँलाई अध्यक्षबाट हटाएको छ, पटकपटक पार्टी अनुशासन उल्लङ्घन गरेकाले उहाँ (ओली) लाई अन्तिम स्पष्टीकरणको पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो ।

‘बहुमतको निर्णय नमान्दा यो अवस्था’
कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने बताउनुभयो । उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन आन्दोलनमा उत्रनाको विकल्प नभएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि रक्षाका लागि सङ्घर्षमा होमिनुको अहिलेको आवश्यकता हो ।” उहाँले प्रधानमन्त्री ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धि खतरामा परेको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद लिएर पदसँग जोडेर हेर्ने गरिएकामा आपत्ति जनाउँदै पार्टीभित्र विधि र विधानको मात्र विवाद भएको बताउनुभयो । “प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेर सङ्कटको अवस्था आएको हो”, उहाँले भन्नुभयो । उहाँले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि नमानेको कारण अहिलेको स्थिति आएको बताउनुभयो । पार्टी एकता हुँदा जारी राजनीतिक प्रतिवेदन नै एकताको आधार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।”

अनेमसङ्घका सहइञ्चार्ज कमला रोकाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत उपलब्धि ल्याउन महिलाको भूमिका उल्लेख्य रहेको बताउँदै सरकारको कदमविरुद्ध लड्न फेरि पनि महिला तयार हुनुपर्नेमा जोड दिनुभयो ।
भेलाले अनेमसङ्घका संयोजकमा अमृता थापा र सहसंयोजकमा जयन्ती राईलाई चयन गरेको छ । अनेमङ्घले प्रतिनिधिसभा विघटनविरुद्ध मङ्गलबार राजधानीमा ¥याली निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

सम्बन्धित

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com