ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन


एबीसी / संवाददाता
माघ ५, २०७७ सोमबार  ९ : ५८ बजे

झापा, ५ माघ । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो ।

समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताउनुभयो । समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख रहेको उहाँको भनाइ छ ।

उहाँले विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकामा यसपालि केही थप हुने बताउनुभयो । विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यसपटक सातवटा भन्दा बढी राख्न नमिल्ने उहाँको भनाइ थियो ।

उहाँले सबै पालिकाका मतदाताहरुलाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने बताउनुभयो । मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफल समेत भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

सम्बन्धित

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com