ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा आईफोन विक्रीको विज्ञापन गरेर लाखौं ठग्ने पक्राउ


एबीसी / संवाददाता

काठमाडौं, ४ माघ । सामाजिक सञ्जाल फेसबुकमा ग्याजेट (आईफोन, घडी, मोबाइल लगायत)विक्रीको सूचना राखेर लाखौं ठगी गर्ने गिरोहको मुख्य सदस्य पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको विशेष टोलीले गिरोहका नेपाल प्रमुख २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पक्राउ गरेको हो ।

ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार उनलाई पर्साबाट शुक्रबार पक्राउ गरिएको हो । ‘फेसबुकमा कम्युटर, मोबाइल, घडी, ल्यापटप लगायत बजार मूल्यभन्दा कम रकममा डेलिभर गराउने भनेर उनले रकम उठाउने गरेका थिए’, बज्राचार्यले भन्नुभयो , ‘विभिन्न लेयरको अनुसन्धान गर्ने क्रममा मुख्य व्यक्तिलाई समातेका हौं ।’ ललितपुर प्रहरीको आग्रहमा आइतबार पर्सास्थित प्रमोदको आईएमई सेन्टरमा पनि प्रहरीले छापा हानेको छ । पर्सा प्रहरीले चलाएको अपरेशनमा रकम पठाइएको कागजपत्रहरु बरामद गरिएको छ ।

ती कागजपत्रबाट पीडितका थप विवरण प्राप्त हुने प्रहरीको अपेक्षा छ ।शाहसँगै यसअघि उनका सहयोगी मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनको एटीएम कार्ड प्रयोग गरेर प्रमोदले पैसा निकाल्ने गरेका थिए ।दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालिएको छ । उनीहरुले कम्तिमा एक करोड रुपैयाँ ठगी गरेको प्रहरी आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com