ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद विघटन राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस् : योगेश भट्टराई


एबीसी / संवाददाता

काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभा विघटनको मुद्दा राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नहुने तर्क गर्नुभएको छ । चितवनमा प्रचण्ड–नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले राजनीतिक विषयलाई राजनीतिक रूपमै टुंग्याउनुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्रीले अदालतलाई जवाफ पठाउँदै यो राजनीतिक मुद्दा हो भन्नुभएको छ, हामी पनि भन्छौं यो राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस् ।

यदि संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छैन,’ उहाँले भन्नुभयो । यसअघि भेलालाई सम्बोधन गर्दै नेकपा नेत्री रामकुमारी झाक्रीले संसद विघटन राजनीतिक प्रश्न भएकाले यसको फैसला सडकबाटै हुने बताउनु भएको थियो । संविधान बनाउने बेलामा नै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै प्रधानमन्त्रीको हातमा संसद विघटन गर्ने अधिकार दिन नहुने राय राख्नुभएको समेत नेता भट्टराईले स्मरण गर्नुभयो । ‘प्रधानमन्त्रीको हातबाट यो छडी झिक्नुपर्छ भनेर सुवासजीले भन्नुभएको थियो, प्रधानमन्त्रीको विचार पनि त्यही थियो । तर अहिले आफैंले संसद विघटन गर्नुभयो,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले विधिको शासन भन्ने गरेपनि अध्यादेशबाट देश चलाउनु विधिको शासन नभएको नेता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com