ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली जंगेको बाटोमा हिँडे – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
पुस १३, २०७७ सोमबार  ३ : ३२ बजे

काठमाडौं, १३ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताउनुभएको छ । रोल…
सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताउनुभएको हो । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरी यिनिहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखे मैले । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौं ।

केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडनु भयो । त्यहिंबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो ।’ पार्टी भित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पु¥याएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि बताउनुभयो । संविधानले दिँगै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो पार्टी भित्र विवाद चलेको पक्कैपनि हो । अन्तरसंघर्ष चलेको हो । त्यहाँ सही र गलतकोबीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले गुटवादी तरिकाले पार्टी विधि पद्धती भन्दा बाहिर गएर चल्नेका बीचको लडाई परेकै हो तर त्यो पार्टी भित्रको संघर्ष थियो । पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा । उहाँ कलंकित हुनुभयो । उहाँले कलंकको टिका लगाउनुभयो । हामी फेरी एकचोटी हाम्रो विजयको अभियानको सुरुवात भयो ।’

प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि बताउनुभयो । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरी एकपटक लडने मुद्दा दिनुभएकोले अव हुने कुनैपनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । तर पछिलो समय जे भइराखेको छ त्यो क्रान्ती र प्रतित्रान्ती कोबीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाई रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले देशमा जे भइराखेको छ यो क्रान्ती र प्रतिक्रान्तीको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा, प्रगती र दुर्गतीको बीचको लडाईको रुपमा रहेको छ ।’

कम्युनिष्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको बिचारमा गम्भिर समस्या देखा पर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा बैचारिक संस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो ‘आज हाम्रो कम्युनिष्ट पार्टी भित्र पनि एउटा ठूलो बैचारिक संंस्कृतिक बिचलन देखा प¥यो । प्रतिक्रान्तीकारी, प्रतिगमनकारी बिचलन देखा प¥यो । हामीले झण्डै ७० वर्ष लामो लडाई लडेर ल्याएको उपलब्धीमाथि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान माथि निर्मम र कुप्रहार भएको छ । कम्युनिष्ट पार्टी भित्रैबाट तपाई हामीले नै अगाडि बढाएको नेतृत्वबाट ७ दशक लगाएर हजारौं हजार सहिदहरुको बलिदान लाखौंको त्याग करोडौंको सहभागिता समूहिक विवेकको प्रयोग गरेर त्यसको साझा निष्कर्षको रुपमा संघीय लोकतान्त्रीक संविधान बनाइएको छ ।’

२०४७ साल पछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । संविधान सभामा भएका दलहरुबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार खोसिएको बताउनुभयो । तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरियो । यो सदन माथिको मात्रै प्रहार होइन । यो सांसदहरुको सार्वभौंम अधिकार माथिको मात्रै प्रहार होइन ।’

उहाँले प्रतिनिधि सभा नमरेको समेत बताउनुभयो । प्रधानमन्त्रीले सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो ‘सदन मरेको छैन, सदन जीवित छ । सदन विघटन भएको छैन । सदन जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो । उसले जनताका विरुद्धमा संविधानको मर्म र भावना विपरित गएपछि उ विघटित भएको हो ।’

सम्मानीत अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको सम्मान प्रति अपमान भएको ठहर्ने समेत बताउनुभयो । त्यसैले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसाला गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार संविधान माथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेसिता र समावेसी लोकतन्त्रको हक अधिकार माथिको प्रहार भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले जुन ढंगले निर्मम प्रहार संविधानमाथि, लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि, यो देशका सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेसिता, र समावेसी लोकतन्त्रको हक अधिकार माथि जो प्रहार गरेका छन त्यो सही हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com