ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटायो


एबीसी / संवाददाता
पुस १२, २०७७ आईतबार  ५ : १४ बजे

काठमाडौं, , १२ पुस ।  सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो ।

यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आजसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चमात्र सोधभर्ना गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै अब कोरोना सङ्क्रमितको उपचार सरकारी अस्पताल तथा मेडिकल कलेजहरूबाट मात्र हुने छ । यस्तै मन्त्रालयले सरकारी तहबाट सङ्कलन भएका नमुनाको पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई उपलब्ध गराउने काम पनि बन्द गरेको छ । मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले बेलायतलगायत विभिन्न देशबाट फर्किएका दुई सय ७७ जनाको पीसीआर परीक्षण गरी कोरोना पुष्टि भएमा जीन सिक्वेन्सिङ पनि गर्ने निर्णय गरेको छ । बेलायतलगायतका विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि त्यस्ता देशबाट नेपाल आएकाहरूमा पनि कोरोनाको नयाँ प्रकार हुन सक्ने भएकोले परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com