ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति सीको सन्देशसहित चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा


एबीसी / संवाददाता
पुस १२, २०७७ आईतबार  २ : १३ बजे

काठमाडौं, १२ पुस ।चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। संसद विघटन भएसँगै नेपालको राजनीतिमा संक्रमण चलिरहेका बेला चिनियाँ राष्ट्रपतिको सन्देश लिएर कुओ नेपाल आइपुगेका हन्। सो टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। काठमाडौं विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएका छन्। काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हुनसक्ने आँकलन गरिएको छ । बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन्।

चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेकपाको प्रचण्ड–नेपाल समूहका एक नेताका अनुसार चिनियाँ टोलीले चीनका राष्ट्रपति सी चिनफिङको सन्देश सबै नेताहरूलाई सुनाउने छन्, जुन नेकपा एकीकृत रहोस् र राजनीतिक स्थिरता धरापमा नपरोस् भन्ने हुन सक्ने छ। ‘नेकपाका नेताहरूसँग चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउने र फेरि पनि पार्टी एकताको सम्भावना खोज्न प्रेरित गर्ने जस्तो देखिन्छ’, ती नेताले भने, ‘तर परिस्थिति धेरै अगाडि बढिसकेको अवस्थामा अहिले एकताको कुरा भन्दा पनि थप क्षति कसरी रोक्ने भन्ने छलफलको विषय हुनसक्छ।’ प्रचण्ड–नेपाल समूहका एक नतोले भने नेकपा विभाजन भएको अवस्थामा यहाँको राजनीतिक अवस्था बुझ्न आफ्नै पहलमा चिनियाँ प्रतिनिधिमण्डल आएको बताउनुभयो । ‘चिनियाँहरू नेपालको कम्युनिष्ट आन्दोलन एक रहोस् भन्ने चाहन्थे, अहिले अवस्था फेरिएकाले बुझ्न आएका होलान्’, कार्की भन्छन्, ‘अर्को पक्षको सक्रियता बढेपछि उनीहरू पनि सक्रिय हुने भैहाले।’ उहाँले भन्नुभयो । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले कात्तिक ५ गते काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग राती तीन घण्ट वार्ता गरेपछि अहिलेको राजनीतिक परिस्थिति विकास भएको धेरैको टिप्पणी छ। नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com