ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद विघटन दिनको इतीवृत्त अध्यक्ष प्रचण्डकै शब्दमा


एबीसी / संवाददाता

काठमाडौं, १० पुस । प्रचण्ड. नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको दिन भएको घटनाको खुलाशा गर्नु भएको छ । शुक्रबार

राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिनिधि सभा विघटनको दिनको भएको घटनाक्रम बताउनु भएको हो । उहाले गत पुस ५ गते बिहानै साढे ५ बजे आफूलाई प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न लागेको सूचना आएको बताउनुभयो । आफूले प्रधानमन्त्री ओलीलाई त्यस्तो कदम नचाल्न बिहानै आग्रह गरेको समेत बताउनुभयो ।

यस्तो छ त्यो दिनको विवरण

जुन दिन प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटन गर्ने एउटा निरंकुश कदम चाल्ने ठाउँमा पुग्नुभयो। त्यो सूचना बिहान साढे ५ बजे प्राप्त गरें। मैले आज उहाँले प्रतिनिधि सभा विघटन गर्दै हुनुहुन्छ भन्ने थाहा पाएपछि अन्य वरिष्ठ नेता कमरेड, महासचिव र प्रधानमन्त्री केपी ओलीसँग कुरा गरें। तपाईं आज एक्सट्रिम डिजिसन लिन खोज्दै हुनुहुन्छ अरे।

मसँग दुइटा विकल्प छन्। पार्टी एकता पनि बचाउने र प्रतिनिधि सभा पनि सुचारू ढंगले अगाडि बढाउने दुई विकल्प मैले रातभर सोचेको छु। तपाईं डिसिजन नपुग्नुहोस्। हामीले कम ठूलो पहलकदमी र मिहिनेतबाट, हजारौं कार्यकर्ता करोडौं जनताको चाहनाबाट पार्टी एकता गरेको हो। तपाईं सजिलै एक्सट्रिम डिसिजनमा नपुग्नुहोस् भनें मैले।उहाँले ‘हुन्छ’ भन्नुभयो। मैले भनें – खाना खाएर ११ बजे म आउँछु। तपाईं र म एकाध घण्टा कुरा गरेपछि मात्रै अनि के गर्नुपर्छ गर्नुहोला भनें। उहाँले मलाई सहमति दिनुभयो। मैले त्यही अनुसार साथीहरूसँग कुरा गर्दै थिएँ। मैले त्यतिबेला केपी ओलीसँग नजिक भएका शंकर पोखरेल मसँगै हुनुहुन्थ्यो। हामी सँगै थियौं। एकछिनपछि खबर आयो, उहाँले ९ बजेर ४५ मिनेटमा आकस्मिक मन्त्रिपरिषद् बैठक राख्नु भएको छ भन्ने।

मैले ११ बजे भनेको त उहाँका विरूद्ध अविश्वासको प्रस्ताव १० बजे दर्ता गरेर प्रचण्ड ११ बजे आउन खोजेको भन्ने भ्रम बनाइएछ।त्यो भन्दाअघि नै मन्त्रिपरिषद् बसेर संसद विघटन गर्न लागेको सूचना पाएपछि म ९ बजेअघि नै तपाईंकहाँ आउँछु। संसद भंग हुनुअघि तपाईं म कम्तिमा आधा घण्टा कुरा गरेपछि निर्णय लिनुहोला भनें।मैले सोचेका दुई वटा विकल्पबारे संविधान सभा अध्यक्ष सुवास नेम्वाङसँग कुरा गरेको थिएँ।शंकर पोखरेलसँग कुरा गरेको थिएँ। वरिष्ठ नेताहरूसँग र सचिवालयका नेताहरूसँग पनि विकल्प र सम्भावना छन् भनेको थिएँ। त्यसपछि उहाँले भन्नुभयो ९ बजे अघि आउने हो भने ठीकै छ। हुन्छ भन्नुभयो। त्यसपछि म १० बज्नु भन्दा १ मिनेटअघि पुगें।तर उहाँ ९: ४५ बजे नै क्याबिनेटमा गइहाल्नु भएछ। म पुग्नु भन्दा पाँच मिनेटअघि नै। अनि मलाई आश्चर्य लाग्यो। मलाई क्याबिनेट अघि भेट्ने सहमति दिएर म पुग्नु अघि क्याबिनेटमा जाँदा मलाई चिसो पस्यो।

उहाँ संसद विघटन गर्ने तिर गइहाल्नु भएछ कि भन्ने पर्‍यो।त्यहाँ सुवास नेम्वाङ र शंकर पोखरेल हुनुहुन्थ्यो। मैले सुवास नेम्वाङलाई सोधें ( मैले भेट्ने भन्ने कुरा थियो। उहाँ त गइहाल्नु भएछ नि। उहाँ त संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने प्रक्रिया सुरू गरेर आउँछु भन्नुभयो मलाई। त्यो भनेपछि अलिकति राहत महशुस गरें। पाँच मिनेटमा आउनुहुन्छ भनेपछि अध्यादेश फिर्ता लिने र अरू मसँग कुरा गरेपछि सोच्ने हुनुभएछ भन्ने पर्‍यो।

सुवास नेम्वाङ र म एकछिन चिया पिएर बस्दै थियौं। आउन त पाँच/सात मिनेटमा उहाँ आउनुभयो। तर उहाँ आउनुअघि नै मलाई म्यासेज आयो कि उहाँले संसद विघटनको प्रस्ताव गरी नै सक्नुभयो। यो जालझेली तरिका अपनाएर प्रतिनिधि सभा विघटन गर्ने तरिका र पार्टी विभाजनतिर जाने जो तरिका गरिएको छ। यो ऐतिहासिक कलंकका रूपमा स्थापित भएको महशुस हामीले गरेका छौं। जुन दिन प्रतिनिधि सभा विघटनको घोषणा गरिएको थियो। त्यो दिन नेपालको इतिहासको कालो दिन रूपमा रहेको छ। संविधान र गणतन्त्रमाथि क्रुर प्रहार गरिएको छ।

पत्रकार सम्मेलनमा प्रचण्डले दुई विकल्पबारे समेत बताउनुभयो ।  तर उहाले ती विकल्पबारे स्पष्ट भने खुलाउनु भएन । दुइटा विकल्प मध्ये एउटा विकल्प पार्टी एकताका बेला जे सहमति भएको थियो। त्यसैका वरिपरि जाऔं र पार्टी एकता बचाऔं र प्रक्रिया बचाऔं भन्ने थियो। त्यसको वरिपरि नै सुवास नेम्वाङ र शंकरसँग कुरा भैराखेको थियो। अलिक ठोस सहमति गरौँ भन्ने थियो। अर्को पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव हुने भएन। बरु विशेष सम्मेलन मार्फत् त्यो केन्द्रीय समिति तोकिएकै थियो। दुई चार दिन यता उता गरेर समस्याको हल गरौँ भन्ने मेरो प्रस्ताव थियो। प्रचण्डले प्रधानमन्त्री ओलीलाई असहयोग गरेको समेत अस्वीकार गरे। हामीले उहाँलाई असहयोग गरेको भन्ने कुर्तक हो। संसद भित्रबाट पो समस्याको समाधान खोज्नुपर्थ्यो। त संसदलाई हामीले केही गर्दिएका थिएनौँ। यो कुतर्क हो। दुनियाँलाई आँखामा छारो हाल्ने कुरा मात्र हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com