काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ। स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। हिजोमात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताउनु भएको थियो । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। राजीनामा दिने मन्त्रीहरुमा घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिनुभएको थियो । पच्चिस सदस्यीय मन्त्रिपरिषद्मा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री तथा राज्यमन्त्रीहरु छन्।








प्रतिक्रिया दिनुहोस्