ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भ्याट बिल प्रयोग गर्ने विभिन्न कम्पनीविरुद्ध उच्च अदालतमा मुद्धा


एबीसी / संवाददाता
पुस ९, २०७७ बिहीबार  ८ : ५१ बजे

काठमाडौं, ९ पुस । राजस्व अनुसन्धान विभागले राजस्व छलीका तीन घटनामा २० करोड रुपैयाँ विगो माग दावी गर्दै विभिन्न फर्मका संचालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार विभिन्न फर्मका प्रोप्राइटरविरुद्ध १९ करोड ९६ लाख रुपैयाँ विगो असुल, जरिवाना र कैद सजायसमेत माग गरी उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा एउटा मुद्दा दर्ता भएका छन् ।

विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख विगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ ।धनुषा स्थायी घर भई ललितपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सञ्चालक सितादेवी जैसवालबाट ५ करोड ५५ लाख विगो माग्दै मुद्दा दायर भएको छ ।

रौटहत स्थायी घर भएका काँडाघारस्थित श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार यी तीन प्रतिष्ठानले झुट्टा तथा नक्कली कर बिजक खरिद देखाई सोही अनुसार आयकरतर्फ खरिद खर्च लिएको देखिएको छ । मूल्य अभिवृद्धि करतर्फ ट्याक्स क्रेडिट लिई कानुन बमोजिम सरकारलाई बुझाउनुपर्ने भ्याट र आयकर छली गरेको आरोप उनीहरुविरुद्ध रहेको छ ।

विभागले सोही अभियोगमा बारास्थित शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनी मलाहसमेत ७ जनाविरुद्ध ४ करोड ७९ लाख रुपैयाँ विगो माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यस टे«डर्सबाट वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत राजस्व चुहावटको कसुर गरेको आरोप विभागले लगाएको छ । बिहीबार नै विभागले राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गरेको अभियोगमा कास्की, पोखरास्थित अनुष्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनासमेत ३ जनाविरुद्ध जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा मुद्दा दर्ता गरेको छ । यस कम्पनीबाट १ करोड ८२ लाख विगो असुल गर्नुपर्ने माग दावी विभागको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com