ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने


एबीसी / संवाददाता

काठमाडौं  , ९ पुस । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने भएको छ । थलीको कान्तिभैरव माध्यमिक विद्यालयको भवन भारत सरकारको अनुदानमा बन्ने भएको हो । विद्यालय भवन निर्माणका लागि भारत सरकारले झण्डै ३५ करोड रुपैयाँ विनियोजित गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर अशोक अधिकारीले बताउनुभयो । सबै सुविधाहरुलाई व्यवस्थापन गरेर भवन निर्माण हुनेछ । भवनका लागि टेन्डर मूल्याङ्कनको काम सकिएको छ । भारतीय दूतावासले स्वीकृति दिइसकेपछि भवन निर्माणको काम अगाडि बढ्ने उहाँको भनाइ छ । नेपाल सरकारसँग सम्झौता भएर विद्यालयको पुनर्निर्माणका लागि प्राधिकरणमार्फत् रकम आएको हो । टेन्डर मूल्याङ्कनको काम सकिएको र यो महिनाभित्रैमा ठेक्का सम्झौता भएर काम सुरु हुने अधिकारीले बताउनुभयो । नयाँ निर्माण हुने आधुनिक भवनमा विद्यार्थीहरुलाई चाहिने सबै सुविधा हुनेछ । चीनले जसरी दरबार स्कुल बनाएको त्यसैअनुसार भवन बन्ने पनि अधिकारी जानकारी दिनुभयो ।

यो भारतीय सहयोगको सबैभन्दा ठूलो स्कुल हुनेछ । विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले लिफ्टसहितको आधुनिक भवन निर्माण हुन लागेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com