ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ


एबीसी / संवाददाता
पुस ४, २०७७ शनिबार  ५ : २८ बजे

काठमाडौं, ४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खेलकूद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले दोलखा जिल्लाका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्रथामिकतामा राखी आफू अगाडि बढ्ने बताउनुभयो । करिब रु २५ करोडको लागतमा रङ्गशाला निर्माण हुने बताइएको छ ।

मन्त्री गुरुङले लामो समयदेखि निर्माणाधीन माथिल्लो तामाकोशी देशकै गौरवको आयोजना भएकाले यसलाई छिटो सम्पन्न गरी विद्युत् उत्पादन गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना जिल्लाको मात्रै नभई नेपालकै गौरवको आयोजना भएकाले यसै वर्ष निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्न आग्रह गर्दछु ।’’ उहाँले एशियाकै दोस्रो ठूलो नेपाल ओरन्टम्याग्नेसाइड खानीको उत्खनन, चलचित्र नगरीको रूपमा विकसित हुनलागेको डाङडुङे (फिल्म सिटी)को विकास र चीनसँग नाका जोडिने लामाबगर–लप्ची सडक, तामाकोशी तेस्रो जलविद्युत्लगायतका आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री गुरुङले चीनसँग जोडिने लामाबगर–लप्चीसम्मको सुरुङमार्गको ठेक्का सम्झौता पनि छिटै हुन लागेको जानकारी दिनुभयो । ‘समृद्ध दोलखा र सुखी दोलखाली’को सपनालाई आत्मसात गर्दै आफू अगाडि बढ्दै जाने उहाँको भनाइ थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले जिल्लालाई खेलकूदका माध्यमबाट विकास गर्न सङ्घीय सरकारबाट पनि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com