ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अडिबल, अमेजन र आईट्युनमा आयो पहिलो नेपाली अडियोबुक ‘कम्पन’


एबीसी / संवाददाता
मंसिर १२, २०७७ शुक्रबार  ८ : २० बजे

न्यूयोर्क । पत्रकार किशोर पन्थीद्धारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियोबुक रहेको अडिबलले जानकारी दिएको छ ।

अडियोबुकको उत्पादन लामोसमयदेखि अडिबलमा पुस्तक उत्पादन आउनुभएकी फरेस्ट सोबलले गर्नुभएको छ भने आवाज लामो समय नेपालका रेडियो र टेलिभिजनहरुमा काम गरेका सुरेश शाहीले दिनुभएको हो । पुस्तकको अडियो ६ घण्टा १५ मिनेट लामो रहेको छ । अमेजनमा अडियोबुकको मूल्य १९ डलर ९५ सेन्टस रहेकोमा हाल १२ प्रतिशत छुटसहित १७ डलर ४६ सेन्टसमा उपलब्ध रहेको छ । अडिबलको प्रिमियम प्लस प्याकेजमा भने ३० दिनको परीक्षण अवधिसँगै निशुल्क उपलब्ध रहेको छ ।

अडिबलको प्रिमियम प्लस प्याकेज ३० दिनसम्मको लागि निशुल्क रहेको छ । त्यसपछि अन्य कैयन पुस्तकहरु पढ्न रुची हुनेहरुले मासिक १४ डलर ९५ सेन्सस तिर्न सक्नेछन्, अन्यथा अडिबलको प्रिमियम प्लस निशुल्क रद्द गर्न सकिनेछ ।

पुस्तक अडिबल र अमेजनको जर्मनी, फ्रान्स, बेलायत र अमेरिका लगायतका स्टोरहरुमा उपलब्ध रहेको छ । नेपाली भाषाको पुस्तकले अमेजन र अडिबलमा प्रवेश पाएपछि अन्य नेपाली भाषाका पुस्तकको अडियोबुकका लागि समेत बाटो खुलेको कम्पनका लेखक किशोर पन्थीले बताउनुभयो ।
कम्पनलाई अडियोबुकका रुपमा ल्याउन आफूहरुलाई झण्डै एक वर्षको अवधि लागेको पुस्तकका वाचक सुरेश शाहीले जानकारी दिनुभयो । कोरोनाको महामारीका कारण पुस्तकको अडियो रेकर्ड गर्नमात्र झण्डै १० महिना लागेको र नेपाली भाषाको पहिलो पुस्तक भएका कारण अडिबलमा आवाजको गुणस्तर लगायतका अन्य पुनरावलोकनका लागि झण्डै २ महिना लागेको शाहीले बताउनुभयो । अन्य नेपाली पुस्तकहरु पनि अडियोबुकका रुपमा ल्याउन आफूहरु इच्छुक रहेको उहाले बताउनुभयो । कम्पन नेपालमा गएको महाभूकम्पपछिको आर्तनाद र आशाको जिवन्त दस्तावेज हो । कम्पन एउटा पुस्तक हो जसलाई पढेर र सुनेर महाभूकम्पपछिको अवस्थाको अनुभव गर्न सकिन्छ ।

सन् २०१५ को अप्रिल २५ को महाभूकम्प यति भयानक थियो कि यसले केही मिनेटमा नै लाखौं नेपालीको जीवनलाई परिवर्तन गरिदियो । कैयन्को मृत्यु भयो । भवनहरू भग्नावशेषमा परिणत भए । एउटा भयानक सपना जस्तो बन्यो त्यो दिन । महाभूकम्पपछिका कैयनका कथाहरु अज्ञात रहे । किशोर पन्थीले लेखेको यो पुस्तकले ती कथाहरू पाठक समक्ष ल्याएको छ ।

पुस्तक कम्पनमा वियोग र वेदनाका कथामात्र छैनन्, आशाका कथाहरु पनि छन् । मृत्युको मुखबाट बाँचेकाहरुले कसरी आशालाई कायमै राखेर बाँच्न सफल भए भन्ने कथाहरु छन् । रेस्क्यु अपरेशनमा खटिनेहरुका कथादेखि आर्तहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका कथाहरु छन् । देशविदेशबाट राहत लिएर पुग्नेहरुदेखि संचारकर्मीहरुले भोग्नुपरेका सकसका कथाहरु समावेश गरिएको छ । पुस्तक कम्पनको पहिलो संस्करण सन् २०१८ मा आएको थियो भने दोश्रो संस्करण सन् २०१९ मा प्रकाशित भएको थियो । पहिलो संस्करणको लोकार्पण पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईले काठमाडौंमा आयोजित एक कार्यक्रममा गर्नुभएको थियो ।

अडिबलमा अडियोबुकको लिंकः

https://www.audible.com/pd/Kampan-Second-Edition-Audiobook/B08NM8B3GG

https://www.audible.co.uk/pd/B08NMNG98Y

https://www.audible.fr/pd/B08NMZH4FB

https://www.audible.de/pd/B08NNDRM89

अमेजनमा अडियोबुकको लिंकः

https://www.amazon.com/Kampan-Second-Edition/dp/B08NMZFQRV/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

सम्बन्धित

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com