ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अडिबल, अमेजन र आईट्युनमा आयो पहिलो नेपाली अडियोबुक ‘कम्पन’


एबीसी / संवाददाता
मंसिर १२, २०७७ शुक्रबार  ८ : २० बजे

न्यूयोर्क । पत्रकार किशोर पन्थीद्धारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियोबुक रहेको अडिबलले जानकारी दिएको छ ।

अडियोबुकको उत्पादन लामोसमयदेखि अडिबलमा पुस्तक उत्पादन आउनुभएकी फरेस्ट सोबलले गर्नुभएको छ भने आवाज लामो समय नेपालका रेडियो र टेलिभिजनहरुमा काम गरेका सुरेश शाहीले दिनुभएको हो । पुस्तकको अडियो ६ घण्टा १५ मिनेट लामो रहेको छ । अमेजनमा अडियोबुकको मूल्य १९ डलर ९५ सेन्टस रहेकोमा हाल १२ प्रतिशत छुटसहित १७ डलर ४६ सेन्टसमा उपलब्ध रहेको छ । अडिबलको प्रिमियम प्लस प्याकेजमा भने ३० दिनको परीक्षण अवधिसँगै निशुल्क उपलब्ध रहेको छ ।

अडिबलको प्रिमियम प्लस प्याकेज ३० दिनसम्मको लागि निशुल्क रहेको छ । त्यसपछि अन्य कैयन पुस्तकहरु पढ्न रुची हुनेहरुले मासिक १४ डलर ९५ सेन्सस तिर्न सक्नेछन्, अन्यथा अडिबलको प्रिमियम प्लस निशुल्क रद्द गर्न सकिनेछ ।

पुस्तक अडिबल र अमेजनको जर्मनी, फ्रान्स, बेलायत र अमेरिका लगायतका स्टोरहरुमा उपलब्ध रहेको छ । नेपाली भाषाको पुस्तकले अमेजन र अडिबलमा प्रवेश पाएपछि अन्य नेपाली भाषाका पुस्तकको अडियोबुकका लागि समेत बाटो खुलेको कम्पनका लेखक किशोर पन्थीले बताउनुभयो ।
कम्पनलाई अडियोबुकका रुपमा ल्याउन आफूहरुलाई झण्डै एक वर्षको अवधि लागेको पुस्तकका वाचक सुरेश शाहीले जानकारी दिनुभयो । कोरोनाको महामारीका कारण पुस्तकको अडियो रेकर्ड गर्नमात्र झण्डै १० महिना लागेको र नेपाली भाषाको पहिलो पुस्तक भएका कारण अडिबलमा आवाजको गुणस्तर लगायतका अन्य पुनरावलोकनका लागि झण्डै २ महिना लागेको शाहीले बताउनुभयो । अन्य नेपाली पुस्तकहरु पनि अडियोबुकका रुपमा ल्याउन आफूहरु इच्छुक रहेको उहाले बताउनुभयो । कम्पन नेपालमा गएको महाभूकम्पपछिको आर्तनाद र आशाको जिवन्त दस्तावेज हो । कम्पन एउटा पुस्तक हो जसलाई पढेर र सुनेर महाभूकम्पपछिको अवस्थाको अनुभव गर्न सकिन्छ ।

सन् २०१५ को अप्रिल २५ को महाभूकम्प यति भयानक थियो कि यसले केही मिनेटमा नै लाखौं नेपालीको जीवनलाई परिवर्तन गरिदियो । कैयन्को मृत्यु भयो । भवनहरू भग्नावशेषमा परिणत भए । एउटा भयानक सपना जस्तो बन्यो त्यो दिन । महाभूकम्पपछिका कैयनका कथाहरु अज्ञात रहे । किशोर पन्थीले लेखेको यो पुस्तकले ती कथाहरू पाठक समक्ष ल्याएको छ ।

पुस्तक कम्पनमा वियोग र वेदनाका कथामात्र छैनन्, आशाका कथाहरु पनि छन् । मृत्युको मुखबाट बाँचेकाहरुले कसरी आशालाई कायमै राखेर बाँच्न सफल भए भन्ने कथाहरु छन् । रेस्क्यु अपरेशनमा खटिनेहरुका कथादेखि आर्तहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका कथाहरु छन् । देशविदेशबाट राहत लिएर पुग्नेहरुदेखि संचारकर्मीहरुले भोग्नुपरेका सकसका कथाहरु समावेश गरिएको छ । पुस्तक कम्पनको पहिलो संस्करण सन् २०१८ मा आएको थियो भने दोश्रो संस्करण सन् २०१९ मा प्रकाशित भएको थियो । पहिलो संस्करणको लोकार्पण पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईले काठमाडौंमा आयोजित एक कार्यक्रममा गर्नुभएको थियो ।

अडिबलमा अडियोबुकको लिंकः

https://www.audible.com/pd/Kampan-Second-Edition-Audiobook/B08NM8B3GG

https://www.audible.co.uk/pd/B08NMNG98Y

https://www.audible.fr/pd/B08NMZH4FB

https://www.audible.de/pd/B08NNDRM89

अमेजनमा अडियोबुकको लिंकः

https://www.amazon.com/Kampan-Second-Edition/dp/B08NMZFQRV/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com