ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छ : अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता

काठमाडौं, १० मंसिर । सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताउनुभएको छ । सैनामैनामा आज भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुभयो ।

नगरको विकासका लागि गौरवका आयोजनाको काम धमाधम भइरहेको र त्यसमा बजेटको अभाव नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो । सैनामैना चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, लामीरह उच्चबाँध, कृषिउपज केन्द्र तथा खेल मैदान निर्माणकोे काम भइरहेको र सम्पन्न भएपछि नगरले आधुनिक शहरको रुप लिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

लामीरह उच्चबाँध निर्माण आयोजना सैनामैनाको मात्र नभई प्रदेशकै गौरवको आयोजना भएको र यसले सैनामैनामा सिँचाइ र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उहाँले बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “तीनै तहका सरकारको संयुक्त प्रयासमा यस क्षेत्रमा रहेका भौतिक पूर्वाधारलगायत अन्य ठूला तथा साना आयोजनाका काम सम्पन्न गरी सैनामैनालाई कङ्क्रिटको नभई व्यवस्थित शहरका रुपमा विकास गर्छाँैं ।”

अर्थमन्त्री पौडेलले सैनामैना–१ स्थित ऐतिहासिकस्थल रानीकुवाको नजीकै विशेष गरी गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक वस्तुको सङ्ग्रह गर्ने आधुनिक व्यवस्थित सङ्ग्रहालयको निर्माण प्रक्रिया अगाडि बढेको जानकारी पनि दिनुभयो ।

उहाँले बुटवल–चन्द्रौटा हुँदै धानखोलासम्मको सडक निर्माणका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउँदै सो आयोजना र सैनामैना चक्रपथ निर्माण पूरा भएपछि नगर थप समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सैनामैना पर्रोहा परमेश्वर मावि र पर्रोहा माविको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने आश्वासन दिनुभयो । उहाँले सैनामैना–१ रानीवगियास्थित सैनामैना पर्रोहा परमेश्वर माविलाई नमूना विद्यालयका रुपमा विकास गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको जनाउँदै शैक्षिक गुणस्तरमा भने कसैसँग सम्झौता नगर्न विद्यालयलाई सुझाव दिनुभयो । आजै वडा नं ४ मा रहेको पर्रोहा माविको भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्रोहा परमेश्वर मावि आठकोठे र पर्रोहा मावि १६ कोठे छ ।

अर्थमन्त्री पौडेलकै पहलमा सैनामैनामा विद्यालयका लागि नयाँ भवन निर्माण गरिएको सैनामैना पर्रोहा परमेश्वर माविका प्रधानाध्यापक नेत्रलाल पुरीले जानकारी दिनुभयो । “विद्यालय यो अवस्थामा आउन अर्थमन्त्री पौडेलको ठूलो देन छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com