ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरी बालिका हत्याकाण्ड : भोलि बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी


एबीसी / संवाददाता
मंसिर १०, २०७७ बुधबार  १२ : ४० बजे

काठमाडौँ, १० मंसिर । महोत्तरीको बर्दिवासमा निषेधाज्ञा लागू भएको छ । हिजो प्रहरीको गोली लागेर घाइते भएका बर्दिवास– १ का बुद्धिराज न्यौपानेको ज्यान गएपछि आन्दोलन चर्किएकाले बिहान नौ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । बर्दिवासमा थप जनधनको क्षति हुनबाट रोक्न भोलि बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको उहाँले बताउनुभयो ।

न्यौपाने हिजो बर्दिवास चोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाण्डौ लगिएका न्यौपानेको गएराति ज्यान गएको खबर फैलनासाथ बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ । बर्दिवास– १४ की छ वर्षकी बालिकाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै हिजो भएको आन्दोलनमा प्रहरीले गोली चलाएको हो । न्यौपानेसँगै घाइते भएका बर्दिवास–५ का श्याम कार्कीको काठमाण्डौमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

सम्बन्धित

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

चुनावी तयारी तीव्र, उम्मेदवार जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

मधेशबाट संसदसम्म काठमाडौंको राजनीतिक बहस बदल्ने गगन थापाको संकेत

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com