ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडेनले उच्च तहको गोप्य गुप्तचरी सूचना प्राप्त गर्दैै


एबीसी / संवाददाता
मंसिर १०, २०७७ बुधबार  ९ : ०० बजे

काठमाडौं, १० मंसिर । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताउनुभएको छ ।

सत्ता सम्हाल्ने तयारीका लागि विभिन्न छ वटा महत्वपूर्ण पदमा मनोनयन घोषणा गर्दै बाइडेनले आफ्नो समूहले अमेरिका र अमेरिकी नागरिकलाई सुरक्षित राख्दै विश्वको नेतृत्व गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडेनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्नुहुने छ ।

ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ । बाइडेनले आफ्नो समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बताउनुभयो ।

बाइडेनले डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा एभ्रिल हेन्सलाई मनोनयन गर्नुभएको छ । यदि अनुमोदन भएमा उहाँ डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा पहिलो महिला बन्नुहुने छ । यस्तै विदेशमन्त्रीको जिम्मेवारी टोनी ब्लिङ्केनलाई, होमल्यान्ड सिक्युरिटीमा अलेहान्द्रो मयोर्कस, अर्थमन्त्रीमा अर्थशास्त्री ज्यानेट येलेन मनोनयनमा परेका छन् ।

बाइडेनले जलवायु परिवर्तनको संकटसँग जुध्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

सम्बन्धित

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

चितवनमा कुन दल कति बलियो ? संगठित सदस्य र समानुपातिक मतको हिसाब यस्तो छ

देशभरका यी ९ जिल्ला डढेलोको उच्च र १३ जिल्ला मध्यम जोखिममा

अमेरिकालाई यूएईको जवाफः इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ

विश्वासको मूल्य: ट्रम्पको लेनदेनमुखी नेतृत्वको अन्तर्राष्ट्रिय लागत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com