ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय विदेश सचिव हर्षवर्धनको काठमाडौंमा कार्यसूची यस्तो छ


एबीसी / संवाददाता
मंसिर ७, २०७७ आईतबार  ५ : २९ बजे

काठमाडौं, ७ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउने पक्का भएको छ ।

नेपाल र भारतले यस सम्बन्धी छुट्टाछुट्टै औपचारिक घोषणा सोमबार साँझ प्रेस विज्ञप्ति मार्फत गर्ने तयारी छ । स्रोतका अनुसार भारतीय विदेश सचिव ११ गते विहान विशेष विमानद्धारा काठमाडौं ओर्लने कार्यक्रम तय भएको छ । त्यसलगत्तै उहाँ औपचारिक भेटघाटमा ब्यस्त हुनुहुने छ भने सोही दिन उहाले समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलेसँग दुईपक्षीय भेटवार्ता गर्नुहुने छ ।

उहाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । त्यसैगरी उहाले सोही दिन विपक्षी नेपाली कांग्रेसलगायतका दलका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने छ ।

मंसिर १२ गते उनले नेपाल–भारत सम्बन्ध विषयक एक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै भारतीय विदेश सचिवले दुईपक्षीय परियोजनासम्बन्धी एक कार्यक्रममा सहभाता रहने छ । स्रोतका अनुसार भारतिय विदेश सचिवको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत संयुक्त आयोगको वैठकको तयारी गर्नु हो । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने सो संयन्त्रको वैठक डिसेम्बर महिनाको दोस्रो साता नयाँ दिल्लीमा गर्ने तयारी छ । वैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली जानुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com