ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय विदेश सचिव हर्षवर्धनको काठमाडौंमा कार्यसूची यस्तो छ


एबीसी / संवाददाता
मंसिर ७, २०७७ आईतबार  ५ : २९ बजे

काठमाडौं, ७ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउने पक्का भएको छ ।

नेपाल र भारतले यस सम्बन्धी छुट्टाछुट्टै औपचारिक घोषणा सोमबार साँझ प्रेस विज्ञप्ति मार्फत गर्ने तयारी छ । स्रोतका अनुसार भारतीय विदेश सचिव ११ गते विहान विशेष विमानद्धारा काठमाडौं ओर्लने कार्यक्रम तय भएको छ । त्यसलगत्तै उहाँ औपचारिक भेटघाटमा ब्यस्त हुनुहुने छ भने सोही दिन उहाले समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलेसँग दुईपक्षीय भेटवार्ता गर्नुहुने छ ।

उहाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । त्यसैगरी उहाले सोही दिन विपक्षी नेपाली कांग्रेसलगायतका दलका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने छ ।

मंसिर १२ गते उनले नेपाल–भारत सम्बन्ध विषयक एक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै भारतीय विदेश सचिवले दुईपक्षीय परियोजनासम्बन्धी एक कार्यक्रममा सहभाता रहने छ । स्रोतका अनुसार भारतिय विदेश सचिवको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत संयुक्त आयोगको वैठकको तयारी गर्नु हो । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने सो संयन्त्रको वैठक डिसेम्बर महिनाको दोस्रो साता नयाँ दिल्लीमा गर्ने तयारी छ । वैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली जानुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

सम्बन्धित

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

चितवनमा कुन दल कति बलियो ? संगठित सदस्य र समानुपातिक मतको हिसाब यस्तो छ

देशभरका यी ९ जिल्ला डढेलोको उच्च र १३ जिल्ला मध्यम जोखिममा

कागज गरेर साइबर ब्यूरोबाट छुटे स्वागत नेपाल

पोस्टमार्टमका लागि राखिएको शव साटियो, एउटाको दाहसंस्कारपछि लाग्यो पत्ता

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com