ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट नेतृत्वको सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन – कांग्रेसका नेता सिंह


एबीसी न्यूज

काठमाडौ, २४ कात्तिक ।   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताउनुभएको छ । पहिलो संविधान सभादेखि अहिलेसम्म कम्युनिस्टहरूले नागरिकबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही पनि दिन नसकेको बताउनुभयो ।

गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले नागरिकलाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताउनुभयो । पहिलो संविधान सभामा नागरिकले म्यान्डेड दिए पनि संविधान जारी नगरि भङ्ग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको उहाँको भनाइ छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताउनुभयो । प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरूमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा नागरिकलाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको उहाँले बताउनुभयो । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौँ भन्दै पछि हटेकोसमेत बताउनुभयो । सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा नागरिक दुःखी भएको पनि नेता सिंहले बताउनुभयो ।

सरकारले सङ्घीयताको भावना विपरीत एकपछि अर्को काम गरिराखेको आरोपसमेत नेता सिंहले लगाउनुभएको छ । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले सङ्घीय सरकारकै इकाइको रुपमा प्रदेश र पालिकालाई लिएको उहाँले बताउनुभयो ।

यस्तै नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताउनुभएको छ । पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने उहाँले बताउनुभयो । चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उहाँले बताउनुभयो । यस्तै प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग उहाँको छ ।

नेपाली नागरिकले गणेशमान सिंह जस्तै चरित्रवान्, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरू पनि सच्चिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com