ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटको शक्तिपिठहरुमा निषेधाज्ञा जारी


एबीसी न्यूज
कार्तिक १, २०७७ शनिबार  ५ : ४२ बजे

रौतहट, १ कार्तिक । रौतहटमा रहेका विभिन्न शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा रहेका शक्तिपिठहरुमा मानिसहरुको भिडभाड हुन सक्ने भएकाले कोरोना महामारीले भयवह स्थिति आउन सक्ने भन्दै सो क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।

घटस्थापना देखि नवमीसम्म शक्तिपीठ, मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनको लागि जमघट हुन नदिन सूचना जारी गरेको छ । कोरोना संक्रमणको फैलदो जोखिमलाई मध्यनजर गर्दै सबै शक्ति पीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक जमघट नहुने, परिवारजनबीच मात्र दसैं मान्ने र जात्रा, मेलाहरु नगर्न निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पनि भेला जमघट नगरी घरमै बसेर चाडपर्व मनाउन अनुरोध गर्दै पर्वको शुभकामना आदान प्रदान, देउसी भैलो, खेलकुद लगायतका सबै क्रियाकलाप संचालनमा बन्देज लगाएको जनाइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण चाडबाडको बेला झनै फैलिने खतरा रहेकोले सोको नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । चाडबाडका बेला धार्मिक, सामाजिक, साँस्कृतिक सद्भाव बिथोल्ने गतिविधि नगर्न, ध्वनि प्रदुषण हुने गरी चर्को स्वरमा माइक नबजाउन, जुवा तास नखेल्न समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तेहरानमा बिजुली कटौती: इजरायलको नयाँ हवाई हमलाले राजधानीलाई अँध्यारोमा डुबायो

एयर क्यानडा दुर्घटना: विमानको ‘नाक’ नै उछिट्टियो, दुई पाइलटको मृत्यु

सम्बन्धित

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा

दार्चुलामा गयो भूकम्प

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com