ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त


एबीसी न्यूज
आश्विन २३, २०७७ शुक्रबार  ६ : ५० बजे

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त हुनभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहनु भएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो ।

यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गर्नुभएको थियो ।

“मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार ” सल्लाहकार रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ । सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँरु केबल अन्दाजै मात्र छ उहाँले भन्नुभएको छ । लक्षण बिनाको संक्रमित हुँदा पहिलो दिन आफूलाई अलि चिन्ता लागेको उहाँले बताउनुभएको छ ।

“मनमा आयो–अब के होला, अरुहरुले के सोचिरहेका होलान् ? कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला रु” कोरोना हुँदा मनमा जिज्ञासा आइरहने उहाँले लेख्नुभएको छ, “कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ । कोही लक्षण सहितको संक्रमित हुनुहुन्छ । कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ ।”

सिङ्गो अबधि भरी केही पनि अप्ठ्यारो महसूस नगरी आइसोलेशनको अबधि विहिबार पार गरेको उहाँले बताउनुभएको छ । सल्लाहकार रिमालले लेख्नुभएको छ, “दोश्रो चोटीको पीसीआर परिक्षणबाट परिणाम नेगेटिभ आयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।”

कोरोना केही होइन भन्नु अतिरञ्जना भएको बताउँदै उहाँले थप्नुभएको छ, “कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो ।” कोरोना महामारीले पहिलो कुरा अनुशासनको माग गर्छ, दोस्रोमा संक्रमितको उच्च मनोवल र तेस्रोमा धैर्यता आवश्यक रहने उहाँले चर्चा गर्नुभएको छ ।

संक्रमित अवधिभर आफूले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरेको उहाँले सामाजिक सञ्जालमा चर्चा गर्नुभएको छ । सल्लाहकार रिमाल अगाडि लेख्नुहुन्छ, “जनस्वास्थ्य विज्ञ डा। रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रसस्त पिएँ ।”

प्रमुख सल्लाहकार रिमाल आफू कोरोना मुक्त भएपछि संक्रमित विरामी सबैको शीघ स्वास्थ्यलाभको कामना गर्नुभएको छ । “जो जसले यसअघि नै कोरोना बिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई, चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु” सल्लाहकार रिमालले भन्नुभएको छ । स्वास्थ्यलाभको शुभेच्छासहित स्वास्थ्यप्रति चिन्तित हुनुहुने सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com