काठमाडौं, २१ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताउनुभयो ।
बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताउनुभयो । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए । गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्