ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गाको बिवादले मिन्त्रा देवीको हत्या भएको खुलासा


एबीसी न्यूज
आश्विन १३, २०७७ मंगलबार  १ : १४ बजे

रौतहट, १३ असोज । रौतहटमा गत भदौ १४ गते हत्या भएका एक महिलाको लेनदेनका कारण हत्या भएको खुल्न आएको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नं। ३ मुसहरी टोलका स्थानिय सकल बैठकी श्रीमती मिन्त्रा देवी बैठाको लेनदेनकै कारण हत्या भएको प्रहरीले जानकारी दिएको हो ।

बिहान घाँस काटन खेतमा गएकी मिन्त्रा देवी साँझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानबाट सोही ठाँउका जमसैद आलमका बुवा स्व।अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा सो घटना भएको पाइएको प्रहरीले जनाएका छन् । जग्गाका विषयमा विवाद चल्दा मृतक मिन्त्रादेवीका श्रीमान सकल बैठाले जमसैद आलमलाई कुटपिट समेत गरेका थिए । सोही जग्गाको बिवादमा जमसैद आलमले बैठालाई प्रतिवादी लिखित बदरको मुद्दा हालेका थिए ।

जिल्ला अदालतले उक्त मुद्दामा बैठाको पक्षमा फैसला गरेपछि आलमले बैठालाई जग्गा छोडन पटक–पटक धम्की दिँदै आएको प्रहरीको भनाई छ । जग्गाकै रिसिइवीका कारण जमसैद आलमको योजनामा मिन्त्रादेवीको हत्या भएको प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताउनुभयो। आलमको योजनामा स्थानीय दाउद मिया, जहरुदिन मियाँ भन्ने हारुण मियाँ र महमद ईशराफुल मियाको संलग्नतामा मिन्त्रादेवीको घाँटी सलले कसेर मारेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । हत्याराहरुलाई ज्यान सम्बन्धी मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थपेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com