ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गाको बिवादले मिन्त्रा देवीको हत्या भएको खुलासा


एबीसी न्यूज

रौतहट, १३ असोज । रौतहटमा गत भदौ १४ गते हत्या भएका एक महिलाको लेनदेनका कारण हत्या भएको खुल्न आएको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नं। ३ मुसहरी टोलका स्थानिय सकल बैठकी श्रीमती मिन्त्रा देवी बैठाको लेनदेनकै कारण हत्या भएको प्रहरीले जानकारी दिएको हो ।

बिहान घाँस काटन खेतमा गएकी मिन्त्रा देवी साँझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानबाट सोही ठाँउका जमसैद आलमका बुवा स्व।अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा सो घटना भएको पाइएको प्रहरीले जनाएका छन् । जग्गाका विषयमा विवाद चल्दा मृतक मिन्त्रादेवीका श्रीमान सकल बैठाले जमसैद आलमलाई कुटपिट समेत गरेका थिए । सोही जग्गाको बिवादमा जमसैद आलमले बैठालाई प्रतिवादी लिखित बदरको मुद्दा हालेका थिए ।

जिल्ला अदालतले उक्त मुद्दामा बैठाको पक्षमा फैसला गरेपछि आलमले बैठालाई जग्गा छोडन पटक–पटक धम्की दिँदै आएको प्रहरीको भनाई छ । जग्गाकै रिसिइवीका कारण जमसैद आलमको योजनामा मिन्त्रादेवीको हत्या भएको प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताउनुभयो। आलमको योजनामा स्थानीय दाउद मिया, जहरुदिन मियाँ भन्ने हारुण मियाँ र महमद ईशराफुल मियाको संलग्नतामा मिन्त्रादेवीको घाँटी सलले कसेर मारेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । हत्याराहरुलाई ज्यान सम्बन्धी मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थपेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com