ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किशोरी भागेपछि असफल योजनामा भएको थियो १२ लाखको ‘डिल’


एबीसी न्यूज

काठमाडौँ, ७ असोज ।  लेटाङ–३ मोरङकी मनिका ढकाल सुनसरी रामधुनी–५ झुम्कामा डेरा गरेर बस्छिन् । त्यहीँ नजिक घर भएकी १७ वर्षे एक किशोरीलाई आइतबार बिहान उनले विराटनगर पूजामा जान फकाइन् । उनकी आमासँग अनुमति लिइन् । पूजामा कन्या चाहिने र टीका लगाएर ५ हजार रुपैयाँसमेत दिन्छन् भनेपछि आमाले आनाकानी गरिनन् ।

विराटनगरमा सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल थपिए । उनीहरूले इस्लामपुर नाका हुँदै भारत छिराएको उनले पत्तै पाइनन् । इस्लामपुर–जोगबनी हुँदै ट्याम्पोमा २० किलोमिटर टाढा फारबिसगन्ज पुर्‍याए ।

त्यहाँबाट बसमा राखेर ४८ किलोमिटर दूरीको सिम्राहीसम्म लगे। त्यहाँ उत्रिएपछि ‘हाम्रा मान्छे आएनन्’ भन्ने गफ गरेको उनले सुनिन् । साइनबोर्डहरू हेर्दा भारत रहेको पनि पत्तो पाइन् । र, किशोरीले नयाँ जुक्ति फुराइन्।

उनीहरूको आँखा छलेर फारबिसगन्ज आउने बस चढिन् । कुद्दै गरेको बस रोकेर ती तीनै जना त्यसमै चढे । बाटाभरि केही हुँदैन, जानुपर्छ भन्दै फकाए । उनले मानिनन् । जब फारबिसगन्ज बस आइपुग्यो, हतार–हतार हाम्फालिन्। रिजर्भको टेम्पो चढेर तुरुन्तै जोगबनीतिर फर्किइन् । अर्को टेम्पोमा उनीहरूले पछ्याए । साँझ जोगबनी आइपुगेकी उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले सोधीखोजी गरे र संरक्षणमा राखे । सँगै आइपुगेकी मनिकालाई पनि राखे । बाँकी दुई जना भने भाग्न सफल भए । प्रहरीले दुवै युवतीलाई भने पीडित ठानेको थियो।

भोलिपल्ट किशोरीको बयानबाट मनिका पनि मतियार रहेको खुल्यो । र, प्रहरीले मनिकालाई सुमित र प्रदीपलाई फोन गरेर ‘उता जान प्रहरीले दिने भयो, उनी पनि राजी भइन्’ भन्न लगायो। दुवै जना मक्ख परेर त्यहाँ आइपुगे र प्रहरीले पक्राउ गर्‍यो । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सुमित घटनाका मुख्य योजनाकार र प्रदीप उनका सहयोगी रहेको खुलेको छ। उनीहरूले तीन–चार लाख दिने भन्दै मनिकालाई किशोरी ल्याउन खेताला बनाएका थिए।

प्रहरीका अनुसार सुमितका भिनाजु रनधीर मण्डल भारतको सहरसामा बस्छन् । रणधीर र उनका भाइ वीरेन्द्र मण्डलले आफूलाई किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएको सुमितले प्रहरीलाई बयान दिएका छन्। ‘सिम्राही पुर्‍याएपछि भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘तर किशोरी भागेपछि उनीहरू आफ्नो योजनाबाट असफल भएको देखिन्छ।’ सुमितले तीन/चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले बताएकी छन्।

एसपी खड्काले ठूलो रकमको ‘डिल’ भएर किशोरीलाई भारत पुर्‍याउन खोजिएको सूचना आएपछि घटनालाई गम्भीर रूपमा लिइएको बताए। प्रहरी स्रोतले यति ठूलो रकम र पूजाको विवरण विश्लेषण गर्दा ‘बलि’ दिन लगिएको हुन सक्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com