ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवसमा मिडिया सोसाइटीका अध्यक्ष कँडेलसहित १६ पत्रकार बिभुषित


एबीसी न्यूज

काठमाडौं, ३ असोज । नेपाल सरकारले संविधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष एवं एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदवी, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहेका छन् ।

कंडेलले मिडिया र राजनीति ससम्वन्धी १८ वटा पुस्तक लेखेका छन् भने छिटै दुई वटा पुस्तक बजारमा आउने तयारीमा रहेका छन् । २०४८ सालबाट पृष्ठभूमि साप्ताहिक बाट पत्रकारिता शुरु गरेका कंडेलले आफ्नै प्रकाशन तथा सम्पादनमा धौलागिरि अंचलको पहिलो दैनिक पत्रिका न्यू धौलागिरि प्रकाशन गरेर एक मानक बनाउनु भएको थियो । काठमाडौं आएपछि कान्तिपुर दैनिक र नेपाल समाचारपत्रमा स्तम्भ लेखन देखि सगरमाथा दैनिकको स्थापना पनि कंडेलेनै गर्नुभएको थियो । पछिल्ल्लो समय गत १२ वर्षदेखि उनी एबीसी न्यूज टेलिभिजनको अध्यक्ष तथा प्रधान सम्पादक हुनुहुन्छ । यसै महिना देखिन कंडेलको सम्पादनमा नेपालपेज (नेपाल) र दि नेपाल पेज (अंग्रेजी) म्यागजिन प्रकाशनको तयारीमा रहेको छ ।

यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो । सरकारले विभिन्न क्षेत्रबाट राष्टलाई योगदान गरेबापत उक्त मानपदवीले बिभुषित गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com