ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ महिनापछि खुल्यो रहस्य : प्रेमीसँग मिलेर पतिको हत्या


एबीसी न्यूज
भाद्र ३१, २०७७ बुधबार  ११ : ११ बजे

नवलपरासी, ३१ भदौ । प्रहरीले हत्या आरोपमा घटनाको १४ महिनापछि गैंडाकोटका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट–१८ हुर्चिलका फूलमाया सुगरपार्क र मेखबहादुर सुनारी छन् । फूलमायाले प्रेमी सुनारीसँग मिलेर पति धनबहादुर सुगरपार्कको हत्या गरेकी हुन् ।

१४ महिनाअघि ४० वर्षीय धनबहादुर बेपत्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । धनमायाको मेखबहादुरसँगको सम्बन्धबारे गाउँलेले सूचना दिएपछि उनीहरूमाथि निगरानी बढाएको प्रहरीले सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर हत्या गरी शव गाडेको बताएकी छन् । सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ । हत्यापछि शव घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् । प्रहरीका अनुसार धनबहादुरले अवैध सम्बन्धबारे थाहा पाएपछि फूलमाया र मेखबहादुरले उनको हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल : कोडले नै दुश्मनको आँखा चिम्लिदै ! संसारको ‘साइबर सुपरपावर’ को डरलाग्दो शक्ति

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com