ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना विरुद्ध प्रयोग गर्न सकिने खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुरामा आफ्नो “गम्भीर आशङ्का”– विज्ञ


एबीसी न्यूज
भाद्र १५, २०७७ सोमबार  ९ : २२ बजे

काठमाडौं, १५ भदौ । अगस्ट महिनाको ११ तारिखमा मस्कोले कोभिड-१९ विरुद्ध प्रयोग गर्न सकिने खोप ‘स्पुत्निक पाँच’ आधिकारिक रूपमा दर्ता गरेको खबर सार्वजनिक गर्‍यो।

सन् १९५७ मा सोभियत सङ्घले स्पुत्निक भूउपग्रह सार्वजनिक गरेको थियो र अन्तरिक्षको दौडमा बाजी मारेको थियो। अहिले रुसले चिकित्सा विज्ञानको दायरा पनि फराकिलो पारिरहेको बताइरहेको छ।

तर आलोचकले भने उसले खोप विकास गर्ने विषयमा निकै बल दिइरहेको दाबी गर्छन्। ‘राष्ट्रवाद’बारे चर्चा भइरहँदा यो दौडमा चोरबाटो रोजेको, जासुसी र अनावश्यक जोखिम मोलेको जस्ता आरोप लागेका छन्।

कोभिड-१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक हो। “चिकित्सकीय सामग्रीका लागि राजनीतिक दाउपेच यति विधि तीव्र भएको मैले कहिल्यै देखेको थिइन,” अमेरिकास्थित ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टीनले भने।

उनका अनुसार शक्तिराष्ट्रले वैज्ञानिक कुशलता देखाउने र उनीहरूको राजनीतिक व्यवस्था अरूको भन्दा राम्रो रहेको प्रमाणित गर्ने अवसरका रूपमा हेरेका हुँदा कोभिड-१९ को खोपलाई राजनीतिक प्रतीकका रूपमा लिइएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अनुसार हाल खोप विकास गर्ने दौडमा करिब आधा दर्जन मुलुक छन् जो तेस्रो तहको परीक्षणको अन्त्यतिर छन्।

त्यसमा चीनका तीन, यूकेको एक, अमेरिकाको एक र जर्मनी-अमेरिकाको संयुक्त प्रयास एक रहेका छन्। खोप विकास गर्न सामान्यतया वर्षौँ लाग्छ। खोप विकास गर्न लागिपरेका सबैले गति तीव्र पार्न खोजिरहेका छन् तर रुसले खोप दर्ता नै गरिसकेको अवस्थामा चोरबाटो रोजेको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

गत जुलाईमा यूके, अमेरिका र क्यानडाले रुसी जासुसहरूले खोप विकासबारे सूचना ह्याक गरेको आरोप लगाएका थिए तर रुसले त्यसको खण्डन गरेको थियो।

त्यसको अर्को हप्ता अमेरिकाले चिनियाँ ह्याकरहरूले पनि त्यस्तै प्रयास गरेको आरोप लगाएका थिए। चीनले पनि त्यो आरोपको खण्डन गरेको छ। “छोटो बाटो पक्कै पनि लिइएको छ। विशेषगरी रुसको हकमा,” काउन्सिल अन फरेन रिलेसन्सको ग्लोबल हेल्थ प्रोग्रामका निर्देशक थोमस बोलीकीले भने।

“खोप विकास गर्न गाह्रो छैन। त्यो सुरक्षित र प्रभावकारी छ भन्ने कुरा प्रमाणित गर्न गाह्रो छ। र विकास गर्न मात्रै आतुर देश छन् भने चोरबाटो रोज्न सक्छन्।”

अध्ययनको तथ्याङ्क प्रकाशन नगरीकनै र व्यापक परीक्षणबिना रुसले स्पुत्निक दर्ता गरेका कारण पश्चिमा मुलुकमा आलोचना भइरहेको छ।

ह्वाइट हाउसका एक सदस्य तथा सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले रुसमा विकास भइरहेको खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुरामा आफ्नो “गम्भीर आशङ्का” रहेको बताएका छन्।

तर मस्कोले भने त्यस्तो चिन्तालाई “ईर्ष्या” भन्दै बेवास्ता गरेको छ। रुस अनि चीनमा उक्त खोप सैन्य बलमा परीक्षण गरिने योजनाले नैतिक चिन्ता बढाएको छ किनकि सैन्य अधिकारीहरूले त्यसका लागि उचित सहमति दिनसक्ने अवस्था नहुन सक्छ।

खोपको अभूतपूर्व रूपमा माग भइरहेका बेला केही सहज अनि तीव्र रूपमा विकास अपेक्षित छैन र ? पूर्ण परीक्षण नगरीकनै खोप सार्वजनिक गर्दा सर्वसाधारणहरू बढी नै ढुक्क हुनसक्छन् र त्यसले कोरोनाभाइरस सङ्क्रमण झन् फैलाउन सक्छ।

त्यस्तै कुनै नराम्रो असर देखिए त्यसले खोपविरोधी अभियानलाई बल पुर्‍याउन सक्छ। निर्वाचन हुने वर्ष भएका कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासन अत्यधिक दबावमा छ।

यूकेमा आलोचना खेपिरहेको बोरिस जोनसन नेतृत्वको सरकारलाई पनि खोप विकासले बल दिने छ। “पश्चिमा राष्ट्रमा निश्चय पनि खोप राष्ट्रवाद छ। अमेरिका र यूकेमा पहिलो चरणमा उत्पादन भएका खोप आफ्नो नियन्त्रणमा लिने पहल भइरहेका छन्,” बोलीकीले भने।

राष्ट्रवाद कोरोनाभाइरस अघि पनि बढिरहेको नै थियो। तर यो रोगले राष्ट्रवादी शक्तिलाई झन् बलियो बनाइदिएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ मा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गरेका थिए। “हामीले खोप राष्ट्रवाद रोक्नुपर्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा २ जनाको मृत्यु, ३ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com