ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जमा ६ महिने देखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमणको पुष्टि


एबीसी न्यूज
भाद्र १४, २०७७ आईतबार  ११ : ३२ बजे


वीरगञ्जमा, १४ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१र१ जना छन् । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित रहेको नारायणी अस्पतालले जनाएको छ । बाराको विश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका–२ जना र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये २ जनाको उमेर खुलाइएको छैन । पर्सामा यसअघि ४ सय ६३ जना महिलासहित २ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ६ सय ४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । शनिबार मात्रै ६१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ३६ जना महिलासहित १ सय ४ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । १ सय ९९ जना महिलासहित ९ सय ३१ जना होम आइसोलेसनमा छन् ।

हालसम्म १९ हजार ४ सय ३८ स्वाब नमुना संकलन गरिएकोमा २ सय ४० वटाको रिपोर्ट आउन बाँकी छ । पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । ७० बेडको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा १९ जना महिला सहित ५० जना उपचाररत छन् । जसमध्ये ९ जना आइसियूमा छन् । १ सय २० बेड क्षमताको कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा १७ जना महिलासहित ५४ जना उपचारत छन् । जसमध्ये १९ जना आइसियूमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com