ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धान गरेर मात्र कोभिड-१९ विरुद्धका खोप नेपालमा क्लिनिकल ट्रायल अनुमति दिने


एबीसी न्यूज
भाद्र ११, २०७७ बिहीबार  ४ : १२ बजे


काठमाडौँ, ११ भदौ। सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।

आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल)को लागि आउन ती देशले खोजेका छन् । परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन ।

्परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले विभिन्न देशमा कोभिड १९ विरुद्ध बनेका औषधि र खोपको नेपालमा प्रयोग गर्नेबारे अनुसन्धान प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । “नेपालमा तेस्रो चरणका लागि खोप र औषधिको परीक्षण गर्नका लागि विभिन्न देशले इच्छा व्यक्त गरेका छन,” उहाँले भन्नुभयो, “ हामीले अध्ययन अनुसन्धान गरेर मात्र प्रयोगका लागि अनुमति दिन्छौ ।”

परिषद्ले नेपालमा यसअघि विभिन्न अस्पताललाई प्लाजाथेरापी विधिबाट कोभिड १९ का सङक्रमितको उपचार गर्ने पद्धति अपनाउन स्वीकृत प्रदान गरिसकेको छ । अहिले प्लाजा थेरापीविधिबाट गम्भिर अवस्थाका विरामीको उपचार विभिन्न कोभिड १९ अस्पतालले गरिरहेका छन् ।

परिषद्ले रुसमा बनेको कोरोना भाइरस को विरुद्धको खोप “स्तुनिक भी” नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा नेपालस्थित रुसी राजदूतावासलाई पत्र लेख्दै नेपालमा पनि प्रयोग गर्नेबारे परिषद्ले छलफल शुरु गरेको हो । रुस सरकारले बनाएको खोपको बारेमा परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले नेपालस्थित रुसका राजदूत अलेक्जी ए नोभिकोभसँग पनि छलफल गरिसक्नु भएको छ ।

“खोपबारे रुसी राजदूतसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ,” उहाँले भन्नुभयो, “हामीले उक्त खोप नेपालमा पनि प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्यययन अनुसन्धान गर्दछौ । त्यसपछि मात्र प्रयोग गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।”विश्व स्वास्थ्य संगठनले मान्यता दिइ नसकेको अवस्थामा यहाँ प्रयोग गर्दा हानी वा नोक्सान के गर्दछ भन्ने अध्ययन अनुसन्धान गरिने उहाँको भनाइ रहेको छ । अहिलेसम्म कुनै पनि औषधि र खोपलाई संगठनले मान्यता दिएको छैन । रुसी सरकारले एक हजार जनालाई निःशुल्क रुपमा प्रयोग गर्नका लागि खोप उपलब्ध गराउने समेत रुसका राजदूत नोभिकोभले प्रतिवद्धता जनाउनु भएको परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिनुभयो ।

परिषद् विभिन्न देशमा उत्पादन भएका औषधी र खोपको नेपालमा प्रयोगका सम्बन्धमा एक बैज्ञानिक अध्ययन टोली गठन गरी नेपालमा प्रयोग गर्न सकिने वा नसकिने पत्ता लगाउने छ । उक्त टोलीले औषधि र खोपका बारेमा सत्यतथ्य पत्ता लगाई प्रयोग गर्न सकिने वा नसकिने प्रतिवेदन तयारी पारी परिषद्लाई बुझाउने छ । सोही आधारमा मात्र औषधि र खोपको विधिपूर्वक प्रयोग गर्न सकिने परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार रुसका राजदूत नोभिकोभले नेपालमा नै उक्त खोप उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसैगरी चीनको चाइनो भ्याक कम्पनीले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे पनि छलफल भएको छ ।

उहाँले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे छलफल भएको जानकारी दिनुभयो । उक्त खोप समेत चीन सरकारले ५०० जनामा प्रयोग गर्नका लागि एक हजार थान पठाउनका लागि स्वीकृत माग गरेको छ । यस्तै भारतबाट सङ्क्रमित गम्भिर अवस्थामा पुगेका बिरामीको लागि प्रयोग औषधि रेमडिसिभिर पनि औषधि व्यवस्था विभागले प्रयोगका लागि स्वीकृत दिइसकेको छ ।  क्लिनिकल ट्रायलका लागि ल्याइएकोले उक्त औषधीकवो अहिले सङक्रमितको उपचारको लागि प्रयोग भइरहेको छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले रेमडिसिभिर औषधिबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com