ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोराना नियन्त्रण कहिले ? कुल संक्रमितमध्ये १ करोड ५७ लाख बढी निको


एबीसी न्यूज
भाद्र ६, २०७७ शनिबार  ७ : ४८ बजे

काठमाडौं, ६ भदौ । विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत निको भएका छन् ।

शनिवार विहान सम्म विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएका छन् । कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।

यस्तै एकैदिन ५ हजार ८३४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ लाख २ हजार ८८९ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८१३ जनाको मृत्यु भएको छ । ३३ लाख १३ हजार ५०२ जना संक्रमित भएकोमा १९ लाख ६५ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५६ हजार ४५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६८ लाख ३९ हजार ८९२ पुगेको छ । त्यसमध्ये ३८ लाख २८ हजार २८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २७ हजार ४८३ जनाको मृत्यु भएको छ । ६१ लाख १९ हजार १७० जना संक्रमित भएकोमा ४८ लाख ५ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८५ हजार ७३२ जनाको मृत्यु भएको छ । ५६ लाख २५ हजार ७२६ जना संक्रमित भएकोमा ४१ लाख ८३ हजार ५०२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ३७४ जनाको ज्यान गएको छ भने ११ लाख ७२ हजार ८०२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ९२ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९९ जनाको मृत्यु भएको छ । २६ हजार ७८२ जना संक्रमित भएकोमा २० हजार ३८६ जना संक्रमणमुक्त भएका छन् । यसैवीच कोरोना उपचारमा विभिन्न देशहरुले भ्याक्सीनहरु तयारगर्दै गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा महामारी नियन्त्रणमा आउने दावी गरेको छ ।

विश्व स्वास्थ्य संगठनले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको हो । डब्ल्युएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् ।

सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै उनले कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन् । तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् ।

स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको भन्दै उहाँले अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको उनले बताए । उनले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि बताउनु भएको छ । स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ ।

‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर, हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ,’ जेनेभा भएको पत्रकार सम्मेलनमा उनले भने । कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य अत्यावश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com