ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु


एबीसी न्यूज

काठमाडौं, ५ भदौ । नेपालमा बिहीबार साँझ थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितनव, पर्सा, बारा, रुपन्देही र सप्तरीका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यलयहरुले पुष्टि गरेका छन् । भरतपुर अस्पतालले विज्ञप्ति जारी गर्दै एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

चितवनको रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो । ती पुरुष ६ दिन अघि कोरोना पुष्टिभइ भरतपुर अस्पतालको आइसीयुमा उचाररत थिए । ती पुरुष दीर्घरोगी थिए ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकका ७४ वर्षका पुरुषको वीरगंज हेल्थ केयरको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका संयोजक डाक्टर दीपक कुसुवाका अनुसार ती पुरुष बुधबार साँझ ६ बजेर १५ मिनेटमा अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि भदौ २ गते नारायणी अस्पतालमा पुगेका थिए ।

उनको ३ गते नारायणी अस्पतालबाट स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि उनलाई बुधबार साँझ ६ बजे नारायणी अस्पतालबाट हेल्थ केयरको कोरोना विशेष अस्पतालको आइसीयुमा राखिएको थियो । उनको बिहीबार साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

यसैगरी वीरगंजकै नारायणी अस्पतालमा बाराका एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार बारा कलैयाका ५९ वर्षका पुरुषको मृत्यु भएको हो । डा सिंहका अनुसार ती पुरुषलाई बुधबार राति ८ बजे अस्पतालमा अन्तिम अवस्थामा ल्याइएको थियो ।

उनको उपचार शुरु नहुँदै मृत्यु भएको र मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा बिहीबार दिउँसो रिपोर्ट पोजेटिभ आएको डा सिंहले जानकारी दिनुभयो । त्यसैगरी रुपन्देहीका अर्का एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले बताउनुभयो । उहाका अनुसार ती पुरुषलाई १५ दिन अघि नै स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।

तर निको नभएपछि ती पुरुषका आफन्तले बिरामी अवस्थामै ती पुरुषलाई साउन २९ गते घर फर्काएका थिए । तर, गाउँमा कोरोना संक्रमण बढिरहेको अवस्थामा बिरामी व्यक्ति उपचार नै नगराइ ल्याइएको भन्दै गाउँलेहरुले बिरोध गरेपछि ती पुरुषलाई साउन ३० गते पुनः देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

साउन ३० गतेदेखि नै उनको त्यहाँ आइसीयुमा उपचार थालिएको थियो । उनको कोरोना परीक्षण गर्दा बुधबार रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुषको उपचारकै क्रममा बिहीबार साँझ ६ बजेर ४५ बजे मृत्यु भएको बञ्जाडेले जानकारी दिनुभयो यस्तै सप्तरीका अर्का एक पुरुषको पनि मृत्यु पछि कोरोना पुष्टि भएको छ । सूचना अधिकारी नारायण राउतका अनुसार सप्तरीको राजविराज –४ का २८ वर्षका एकजना पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । ती पुरुषलाई स्वास्थ्य समस्या देखिएपछि भदौं १ गते गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि सो अस्पतालबाट उनलाई भदौं १ गते नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौं १ गते नै उपचारका क्रममा मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पाजेटिभ आएको राउतले बताउनुभयो । उनको भदौं ३ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको साँझमात्र जानकारी आएको र भदौं ४ गते ३ बजेतिर स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको उनले बताए । यी सबै मृतकहरुको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक भने गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com