ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रकवि घिमिरेको जीवनकाल कसरी वित्यो : कसरी सम्झिन्छन राष्ट्रकविलाई नेपालीले ? भिडियोसहित


एबीसी न्यूज

काठमाडौं, ४ भदौ ।  राष्ट्रकवि माधव प्रसाद घिमिरे आजबाट सदाको लागि अस्ताउनु भएको छ । उहाको निधनसंगै नेपालको साहित्यको एक युगको अन्त्य भएकोे छ । काव्य र कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यलाई अमर राख्ने एक राष्ट्रभक्ति सिपाहीको अन्त्य भएको छ ।

राष्ट्रकबि माधवप्रसाद घिमिरेको निधनसगै नेपाली साहित्यको एउटा कालको अन्त्य भएको छ । नेपाली साहित्यको इतिहासमा आधुनिक कालका छुट्टै पहिचान बनाउने सफल हुनु भएका घिमिरे अब सम्झानामा मात्र सिमित हुनु भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उहाँको निधन संगै देशनै शोकमा डुबेको छ । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा लेख्ने लेखकको निधनसंगै साहित्य क्षेत्रमा ठूलो क्षती भएको साहित्यकारहरुको भनाइ छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । प्रेमलाई जीवनको उपलब्धि मान्ने घिमिरेको मङ्गलवार अपराह्न ५ः३० बजेतिर लैनचौरस्थित निवासमा निधन भएको होे ।

राष्ट्रकवि माधवप्रसाद घिमिरले नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनु भएको छ । उहाँ तात्कालिन नेपाल राजकीय प्रतिष्ठानमा कुलपति पनि हुनुभएको थिए । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहनु भएका घिमिरेलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो । उहाँको गौरी, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता खण्डकाव्य, मालती मंगले गीतिनाटक, लगायतका कृति प्रकाशित छन । राष्ट्रकवि घिमिरेको कवि मात्र नभई गीतको लेखकको रुपमा पनि चिनिनुहून्छ । उहाँको किन्नर किन्नरी भित्रका गीतहरुमा मिठास रहेको र शव्दमा लालित्य रहेको कविहरु बताउछन् । त्यस्तै उहाँका सफल कवि सफल गीतकार र सफल नाटककार रहनु भएको साहित्यिक हस्तीहरु बताउछन् ।

यसैबिच राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई सम्झदै युवा कवि सुदेश सत्यालले भने राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली लेख्ने लेखक मात्र नभई उहाँ साहित्यिक जगतको एक मुर्धन्य व्यक्ति पनि रहनु भएको भन्दै उहाँ अब हामीसंग नरहनु भएता पनि उहाँको कर्म सघै रहने बताउनु भयो । कवि सत्यालले राष्ट्रकवि घिमिरेले पुर्याउनु भएको योगदानको कदर गर्न अबको साहित्यिक यात्रा उहाँले देखाउनु भएको बाटोमा हिड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्टकविले डोर्याउनु भएको बाटोमा हिड्न सकियो भने उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

खासगरी उहाँको लेखाईमा प्रकृति प्रेम र प्रकृति र जीवनलाई जोडेर प्रस्तुत गरेको पाईन्छ । आज जुनकुनै क्षेत्रका युवा पुस्ताले पनि उहाँको सक्रियता बाट पाठ सिक्दै जीवनलाई गतिशिल र सिर्जनशिल बनाउन आवश्यक छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएसँगै सिंगो नेपाली साहित्य टुहुरो बनेको छ । जीवनभर साहित्य सिर्जना मार्फत नेपाली साहित्यिक आकाशलाई उज्यालो बनाउनु भएका घिमिरेको मंगलबार निधन भएको हो । उहाँको सिंगो जीवनबाट आजका हरेक क्षेत्रका युवाहरुले सक्रियता र सिर्जनशिलताको निम्ति प्रेरणा लिनु आवश्यक छ ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्म बि.सं. १९७६ साल असोज ७ गते भएको हो । उहाँको जन्म लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँ जन्मिएको तीन वर्षमा नै उहाँको आमाको निधन भएको थियो । ६ वर्षको हुँदा अक्षर चिन्नुभएका राष्ट्रकवि घिमिरेले ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चागं अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभयो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस जानुभयो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको छ ।
१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे समेत हुनुभएको थियो । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभयो । उहाँ बि.सं. २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहनुभएको थियो । उहाँ वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न समेत हुनुभएको थियो ।

चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ’फूलको थुङ्गा बगेर गयो’ मा गायिका तारादेवी तथा ’आजै र राति के देखेँ सपना’ मा स्वरसम्राट नारायण गोपालले स्वर दिनुभएको छ । उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । आफ्नो जीवनको सम्पूर्ण समय नेपाली साहित्यको विकासमा समर्पण गर्नुभएका घिमिरे बाल्यकाल देखि नै साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख लगायतका विभिन्न विभिन्न विधमा कमल चलाउनु हुन्थ्यो । खासगरी उहाँको लेखाईमा प्रकृति प्रेम र प्रकृति र जीवनलाई जोडेर प्रस्तुत गरेको पाईन्छ ।

उहाँका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृतिहरु प्रकाशित भएका छन् । उहाँको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएको थियो । त्यसयता निरन्तर उहाँ साहित्य साधनामा लागिरहनु भयो । साहित्य साधनाबाट अतुलनीय योगदान दिनुभएका घिमिरेलाई देशले राष्ट्रकविको उपाधि दिएको छ । उहाँले वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार पाउनुभएको थियो । त्यस्तै वि.स.२०७५ मा महा उज्वल पदकबाट सम्मानित गरिएको थियो । वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि कृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो भने वि.सं.२०५८ सालमा चारु चर्चा कृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।

जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय साहित्यमा लागिरहनु भएका घिमिरेको निधन वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौं, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भयो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर उहाँलाई श्रद्धाञ्जली व्यक्त गरियो । विभिन्न क्षेत्रका शिर्ष व्यक्तित्वहरुले उहाँको निधनमा दुःख व्यक्त गरेका छन् भने सिंगो नेपाली साहित्य जगतको धरहरा ढलेको छ । साहित्य जगत टुहुरो भएको छ र शोकमा छ । तथापि जन्मिएपछि मर्नै पर्ने प्रकृतिको नियम छ । उहाँ मरेर पनि अमर हुनुभयो । आफ्नो सिर्जनाबाट युगौँ युग बाँचिरहनु हुनेछ । आजको जुनकुनै क्षेत्रका युवा पुस्ताले पनि उहाँको सक्रियता बाट पाठ सिक्दै जीवनलाई गतिशिल र सिर्जनशिल बनाउन आवश्यक छ ।

राष्ट्रकवि माधव घिमिरे १०१ वर्ष बाँच्नुभयो । जीवनभर सक्रियतापूर्वक साहित्य र सिर्जनाको सेवामा लाग्नुभयो । उहाँको योगदानले नेपाली साहित्यलाई निकै उचाईमा पुर्याएको छ । उहाँले साहित्यलाई दिनुभएको कृतिहरु जीवन्त रहिरहनेछन् । युगौँयुग बाँचिरहने छन् । पछिल्लो पुस्ता जो उमेरमै भएपनि आज सृजनशिल हुन र रचनात्मक हुन अल्छि गर्ने गरेका छन् । घिमिरेको जीवनी बाट उनीहरुले प्रेरणा लिन सक्नुपर्छ । जीवनमा साधना भनेको के हो ? सक्रियता भनेको के हो ? लगनशीलता भनेको के हो ? भन्ने कुरा राष्ट्रकविको जीवनी हेरेर नयाँ पुस्ताले प्रेरणा लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com