ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भटमाससँग नुन चामल साट्दै ग्रामीण भेगका कृषक


admin
मंसिर २०, २०७४ बुधबार  १ : २८ बजे

डडेल्धुरा, २० मंसिर । पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री साट्न व्यपारीकहाँ धाउन थालेका छन् ।

वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ, मकैजस्ता बाली छोडेर भटमास तथा अन्य दलहन खेतीतर्फ आकर्षित भएका हुन् । कृषकले लगाएका मकै बँदेलले सखाप गर्न थालेपछि अजयमेरु गाउँपालिकाका र डडेल्धुराको ग्रामीण भेगका अधिकांश कृषकले मकै र धानखेती लगाउन छाडेको अजयमेरु गाउँपालिका–५ की मायादेवी पालले बताउनुभयो ।

(डडेलधुराको एक गाउपालीका)

ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापारी नुन र चामल लगेर गाउँमै भटमासलगायत दलहन खरिद गर्न पुग्ने गरेको अजयमेरु–१ समैजीका कृषक बताउँछन् । बजारको मूल्य गाउँमै पाइने र नुन चामल पनि घरसम्मै पुग्ने भएकाले सजिलो भएको समैजीकी दुर्गा भण्डारीले बताउनुभयो ।

अहिले प्राय गाउँ क्षेत्रका कृषकले भटमासको भारी बोकेर चामललगायत अन्य दैनिक उपभोग्यका सामग्री खरिद गरी रहेका भेटिन्छन् । गाउँमा नै भनेको दाम पाइने भएपछि बिक्रीका लागि सहज भएको उनीहरूको भनाइ छ । एक केजी भटमाससँग दुई केजी चामल साट्ने गरेको अजयमेरु–२ भद्रपुरका इन्द्रा पनेरुले बताउनुभयो । प्रायः घरमै गएर खरिद गरे सस्तो मूल्य पर्ने तर बिक्री गर्ने ठाउँसम्मै बोकेर ल्याउँदा उचित मूल्य पाइने उहाँले जानकारी दिनुभयो । भटमासको मूल्य गाउँमा नै ६० देखि ७० मा बिक्री हुने गर्दछ । एक किलो भटमासमा दुई किलो चामल भन्दै साटेर लैजान्छन् ।

गत वर्ष पाँच कट्टा जमिनमा लगाएको मकै सबै सखाफ गरेपछि भने यो साल आफूलगायत ३० परिवारले थोरै मकै र बाँकी भटमास लगाएको मायादेवीको भनाइ छ । भटमासलाई बँदेलले खासै नरुचाउने भएकाले हामी भटमास खेतीतर्फ आकर्षित भएको सोही गाउँका अर्का कृषक पदमराज पन्त बताउनुहुन्छ ।

धानभन्दा पनि महँगो मूल्यमा बिक्री हुने हँुदा भटमास खेती गर्न अन्य बालीभन्दा सहज भएकाले यसतर्फ कृषक आर्कषित भएका हुन् । विगतमा हामीले धान, मकै, कोदो लगाउने गरे पनि जंगली बँदेलले सखाप गर्न थालेपछि केही सीप नचलेर भटमास खेतीतर्फ लागेको नवदुर्गा गाउँपालिकाका कृषक रुद्रप्रसाद भट्टले बताउनुभयो ।

हाम्रो गाउँमा प्रायः पाखो जमिन भएकाले धानभन्दा पनि मकै फल्थ्यो तर बँदेलले नष्ट गर्न थालेदेखि अधिकांशले भटमासखेती गर्न थालेका हुन् । करिब हामी ६० घरपरिवार नै बसोबास गर्दछौँ सबैले मुख्य बालीको रुपमा भटमासको खेती गर्न लागेको तीन वर्ष जति हुन लागेको कृषक भट्टले उल्लेख गर्नुभयो ।

विगतमा कहिल्यै पनि बाहिरबाट चामल किन्न नपरेकामा बँदेलको त्रासले त्यस्ता बाली लगाउन सबैले छाडिसके अब बजारको चामलको भर पर्नुपरेको अर्का बृद्ध कृषक कमलसिंह महरले बताउनुभयो । हाल जिल्लाका विभिन्न भागमा कृषकले वर्षेयाममा धान, मकैलगायतका बाली लगाउन छोडेर दलहन खेती गर्न थालेका हुन् ।

जिल्लाका अमागढी नगरपालिका अजमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर, गन्याप र पर्शुराम तथा आलिताल गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा भटमासका साथै अन्य दलहन खेती र तरकारी खेतीको विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com