ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार बर्षापछि कैलालीका अधिकांश क्षेत्र डुवानमा


एबीसी न्यूज


टेकबहादुर सोडारी

कैलाली, १४ साउन । मंगलबार रातिदेखिको लगातार बर्षापछि कैलालीका अधिकांश क्षेत्र डुवानमा परेको छ । लगातारको वर्षाले सिँचाइ कुलाहरु भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुवानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएको छ । जानकी–३, ७, ८, ९ का सयौँ घर डुवानमा परेको छ भने ‘‘कुला फुटेर बस्तीमा पस्दा सयाँै विघा खेतीयोग्य जमिनडुवान भएको छ । घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सानुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।’’

टीकापुर नगरपालिकाको वडा नं। ५ शाहीपुर, सिम्रेनी, वडा नं. ६ को बेलुवा बस्ती डुवानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको वहाव बढेको छ । जमरा कुलामा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेका छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजबृद्धि कृषि सहकारी संस्थामा रहेको गहुँको बीउ र मौजाद मल भिजेर नष्ट भएको छ ।
टीकापुरमा रहेका सिँचाइ कुलाहरु भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् ।

कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुवानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौं परिवार विस्थापित हुने अवस्था आएको छ । भजनी ३ र ७मा रहेका सयौँ घर डुवानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ ।

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर– १,३,५,७ का अधिकांश बस्ती डुवानमा परेका छ । कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटिया लगायतका नदीहरुमा पानीको बहाव बढेकोले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

रातभरिको वर्षापछि कैलालीमा विहानैबाट प्रहरी उद्दारमा खटेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताउनुभयो । स्थानीय स्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रहरीमा उद्दारमा खटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com