ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले राष्ट्रसंघलाई दियो विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोडेको औपचारिक सुचना


एबीसी न्यूज
असार २४, २०७७ बुधबार  १० : ४५ बजे

अमेरिका, २४ असार । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आफू उक्त संगठनबाट अलग भएको औपचारिक सुचना पठाएको छ । आज संयुक्त राष्ट्रसंघका महासचिव र संसदलाई उक्त सुचना पठाइएको ह्वाइट हाउसले जनाएको छ ।

सिनेटर बब मेनेन्डेजले अमेरिकी राष्ट्रपतिले संसदमा उक्त सुचना दिएको पुष्टी गरेका छन् । तर विश्व स्वास्थ्य संगठनले यसबारे कुनै औपचारिक प्रतिकृया जनाएको छैन ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीका सन्दर्भमा सन्तोषजनक काम नगरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा नै विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोड्ने बताएका थिए । विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोडेर उक्त फण्ड अमेरिकाले विश्वब्यापी रुपमा अत्यावश्यक जनस्वास्थ्यका विषयमा लगाउने ट्रम्पले बताएका छन् ।

ट्रम्पले गत अप्रिलमा विश्व स्वास्थ्य संगठनलाई अमेरिकी सहायता रोक्ने घोषणा गरेका थिए । सन् २०१९ मा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य एजेन्सी बजेटको १५ प्रतिशत अमेरिकाले योगदान दिएको थियो ।

अमेरिकी राष्ट्रपतिलाई सामान्यतया संसदले छुट्याएको बजेट तोकिएको बाहेक अन्य क्षेत्रमा लगाउने अधिकार हुँदैन । हाउस स्पीकर न्यान्सी पेलोसीले यसलाई खतरनाक र गैरकानुनी बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

अमेरिकाबाट डिपोर्ट भएर ३७ नेपालीलाई चार्टड मार्फत काठमाडौं झारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com