ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा विवाद भोली विहान अध्यक्षद्धयवीचको छलफलले टुगांउने


एबीसी न्यूज
असार १९, २०७७ शुक्रबार  ३ : ५९ बजे

काठमाडौँ, १९ असार ।  प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वालुवाटारमा करीव ३ घण्टा छलफल भएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसहित सत्तारुढ नेकपामा विवाद चर्किंदै गएपछि सहमति जुटाउने प्रयास स्वरुप आज दुई अध्यक्ष ओली र प्रचण्डबीच करीव ३ घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा विहान ११ बजेदेखि भएको छलफलमा नेकपा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो । उहाहरु पार्टी एकता देखि अध्यक्ष द्धयले आलोपालो अध्यक्ष तथा प्रधानमन्त्री पद लिने विषयमा भएका सहमतिको लिखतमा साछी बसेका थिए ।

आजको बैठकमा पार्टीभित्र जारी विवादको सम्मानजनक हल खोज्न विभिन्न विकल्पमा छलफल भएको र गृहकार्यसहित भोलि स्थायी समिति बैठकअघि दुइ अध्यक्षबीच पुन वार्ता हुने तय भएको वालुवाटारस्थित स्रोतले बतायो । नेकपा स्थायी समितिको बैठक भोलि विहान ११ बजेका लागि बोलाइएको छ ।

यसैबीच आज बिहानैदेखि प्रधानमन्त्री ओलीपक्षीय तथा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो र तेस्रो तहका नेताहरु पनि आगामी रणनीति तय गर्न आन्तरिक बैठकमा जुटेका छन् भने केन्द्रीय सदस्यहरुले पार्टी एकतामा आँच नआओस् भन्दै धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

नेकपामा दोस्रो तहका नेताहरुको भेलाले अहिले पार्टीमा देखिएको विवाद पार्टी एकताका क्रममा गत मंसिर ४ र चैत २ मा भएका सहमतिमै टेकेरै सुल्झाउनु पर्ने र त्यसो गर्न सकिने निष्कर्ष निकालेको छ । नेकपा नेता तथा कृषि मन्त्री घनश्याम भुसालको निवासमा आज बिहान भएको भेलाले सो निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ‘जरा अभियान’

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

सम्बन्धित

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

भक्तपुर प्रहरीको स्वीप अपरेसन– ९० जना पक्राउ

आज केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com