ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बांदरमुढे घटना पीडितद्वारा प्रचण्डलाई माडीमा स्वागत,३ बुंदे सहमति


एबीसी न्यूज
मंसिर १७, २०७४ आईतबार  २ : ३८ बजे

चितवन १७ मंसिर । चितवनको बांदरमुडेका बांदरमुढे बस विस्फोटकाण्डका पिडितहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज स्वागत गरेका छन् । चितवन क्षेत्र नं. का उमेदबार बनेको प्रचण्डलाई आज बांदरमुढे पिडितहरुले सार्वजिनक रुपमा नै स्वागत गरेका हुन् ।

प्रचण्ड आज माडीमा हुन गइरहेको चुनावी सभामा जाने क्रममा पिडितहरुसंग भेटघाट र अन्तरक्रिया गरेका हुन् । युद्धका बेला बांदरमुडेमा बसमा सवार ३९ जना सर्वसाधारण माओवादी कार्यकर्ताले सेनालाई लक्षित गरी विच्छाएको विस्फोटमा परी मारिएका थिए । त्यस घटना लगत्तै प्रचण्डले सार्वजनिक रुपमा माफी समेत मागेका थिए । त्यस यताका १२ वर्ष विभिन्न हिसाबले बल्झिरहेको बांदरमुढे घटना प्रचण्ड त्यहीं चुनाव लड्न गएपछि समाधान भएर मेलमिलापमा परिणत भएको छ ।

संतपुर, चितवन । चितवनको बादरमुढे घटनाका पीड़ितहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका छन ।
माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।
अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीड़ितहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीड़ितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेस र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र संभव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने ।
पीड़ितहरूसँग छलफलपछि नेकपा माओवादी केन्द्र र पीड़ितहरूबीच ३ बूँदे सहमती समेत भएको छ ।
माडी नगरपालिका प्रमुखको कार्यकक्षमा भएको सहमती पत्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड र पीड़ितहरूका तर्फबाट २९ जनाले हस्ताक्षर गरेका छन ।
सहमतीमा पीड़ितहरूलाई रोज़गारीको व्यवस्था, छोराछोरीलाई शिक्षा र काम गर्न नसक्नेहरूलाई जीवनबृतीको व्यवस्थाका लागि पहल गर्न माओवादी केन्द्रले ज़िम्मेवारी लिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com